२५ असार २०८३, बिहिबार | July 9, 2026

संसदको अर्को बैठक २ चैतमा बस्ने



काठमाडौं । प्रतिनिधिसभाको बैठक अब २ चैतमा बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक २ चैत दिउँसो १ बस्ने जानकारी दिएका हुन् ।

आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ ।

बैठकमा सांसदद्वय भीम रावल र प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरिरहेको र यसप्रति नेपाल सरकार मौन बसेको अन्दै आपत्ति जनाए । एमसीसी सम्झौता अनुमोदनपछिको अवस्थाबारे जानकारी दिन रावलले माग गर्दा सुवालले एमसीसी खारेज गर्न माग गरे ।

एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले संसदको कार्यसूची अघि बढाएका हुन् । सापकोटाले संसदमा कायम अवरोध हटाउन आजको बैठकमा रुलिङसमेत गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : २१ बजे

राहदानी विभाग अगाडि युवकको आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन,

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित

दाङ । लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौँ । दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम