१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

स्थानीय निर्वाचनमा गठबन्धनबारे संयन्त्र बनाउँदै एकीकृत समाजवादी



काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिएका छन् । सचिवालय बैठकको मिति भने टुंगो लाग्न बाँकी छ ।

तापनि दुई दिनभित्र बैठक बस्ने तयारीे भइरहेको खतिवडाले बताए । स्थानीय निर्वाचनमा एकीकृत समाजवादी गठबन्धन बनाएर जानुपर्ने पक्षमा छ । गठबन्धन बनाएर निर्वाचनमा जानुपर्नेमा सत्तारूढ अर्को दल नेकपा (माओवादी केन्द्र) को पनि जोड छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा गठबन्धनबारे सकारात्मक छन् । गठबन्धनविरुद्धमा उभिएका पार्टीका केही पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई जथाभावी नबोल्न देउवाले निर्देशनसमेत दिइसकेका छन् । तर, गठबन्धनले स्थानीय निर्वाचनमा निरन्तरता पाउँछ भन्ने निश्चित छैन ।

कांग्रेस नेतृत्वमा रहेको वर्तमान पाँच दलीय गठबन्धन ८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि बनेको हो ।

गठबन्धन बनाउन अधिक जोडबल गर्ने नेताहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुन् ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ९ : २२ बजे

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा

दीपक भट्टका कम्पनीका संस्थापक सेयरधनीको विवरण माग्दै सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट संलग्न

‘असंवैधानिक र असंवेदनशील’ ढंगले सुकुम्बासी बस्ती हटाउने कार्यप्रति विपक्षी दलहरूको कडा आपत्ति

काठमाडौं। विपक्षी दलहरूले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारको कार्यलाई

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका