६ पुस २०८२, आइतबार | December 21, 2025

मेलम्ची खानेपानी तथा बाढी प्रभावितहरू आन्दोलित, माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी



मेलम्ची । मेलम्ची खानेपानी आयोजना प्रभावितहरु आन्दोलनमा उत्रिएका छन् । गत असार १ गतेको बाढीका कारण प्रभावितहरुले आफूहरुको माग पूरा नभएको भन्दै आन्दोन थालेका हुन् ।

मेलम्ची,याङग्री लार्के र इन्द्रवती नदी बाढी पीडितहरु तथा मेलम्ची आयोजना प्रभावितहरु आफ्नो माग पूरा नभएको र मेलम्ची खानेपानी र सघीय सरकारले पटक पटक आग्रह गर्दा पनि खानेपानी तथा बाढी प्रभावितहरुको माग सम्बोधन नगरेको भन्दै मंलबारबाट आयोजना प्रभावितहरु आन्दोलनमा उत्रिएका हुन् ।

मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरुले नदी नियन्त्रणका लागी तटवन्ध निर्माण, जोखिममा रहेका बस्तीहरुको संरक्षण , मेलम्ची इन्द्रवती करिडोर एकीकृत विकास परियोजना लागू गर्न माग गरेका छन् । स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौं लान नपाइने उनीहरुको भनाइ छ । उनीहरुले बाढी पीडितहरुलाई आयआर्जन कार्यक्रमहरु लागू गर्न माग गरेका छन् भने जोखिम न्यूनिकरणका उपाय अलवम्बनको माग गरेका छन् ।

नदीलाई पूरानै धारमा बहाउन, मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्रको कम्तिमा ५ मिटर खोला गहिरो बनाउने र तटिय क्षेत्रमा जोखिममा रहेका बस्तीहरुको संरक्षणका लागी आवश्यक बजेटको तत्काल आयोजनाबाट उपलब्ध गराउन प्रभावितहरुले माग राखेका छन् । माग पूरा नभएसम्म आयोजनाको सबै काम ठप्प गर्ने चेतावनी दिँदै आन्दोलन जारी राख्ने हेलम्बु बाढीपीडित सरोकार समन्वय समितिका सचिव अर्जुन भण्डारीले बताए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : २७ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)