६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

पाकिस्तानले पठायो युक्रेनलाई आपतकालीन सहायता सामाग्री



इस्लामावाद । पाकिस्तानले युक्रेनमा मानवीय सहायता सामाग्री पठाएको छ ।

मंगलबार राति दुईवटा सी–१३० विमानमार्फत सहायता सामाग्री पठाएको पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले बताएका छन् ।

पाकिस्तानको नूर खान एयरबसमा कुरा गर्दै विदेशमन्त्री कुरैशीले इस्लामाबादस्थित युक्रेनी दूतावासको अनुरोधमा सहायता पठाइएको जानकारी दिएका छन् ।

पाकिस्तानी सहायाता सामाग्रीमा त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, औषधी, क्यान फुड, जेनेरेटर, साबुन, हात धुने, औषधि लगायतका रहेका छन् । युक्रेनसँगको लामो सम्बन्धका आधारमा पाकिस्तानले सहायता सामाग्री पठाएको हो ।

सहायता सामाग्री पठाउँदै विदेशमन्त्री कुरैशीले पाकिस्तान वार्ता र कुटनीतिमार्फत युक्रेनमा देखिएको समस्या समाधान गर्न चाहेको बताएका छन् ।

गत फेब्रुअरी २४ तारिखदेखि छिमेकी रुसले आक्रमण सुरु गरेपछि युक्रेनमा गम्भीर मानवीय संकट उत्पन्न भएको छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १२ : ०५ बजे

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशी हस्तक्षेपको अन्त्य