११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

स्थानीयतह निर्वाचनबारे निर्णय गर्न ‘विप्लव’ नेकपाको बैठक बस्दै



काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिएसँगै अघिल्लो निर्वाचन बहिस्कार गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पनि चुनावी अभ्यास सुरु गरेको छ । आगामी स्थानीयतहको निर्वाचन सम्बन्धमा छलफल गर्न ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक बसेको छ । कपिलवस्तुको शिवगढीमा आज (शुक्रबार) बैठक बसेर निर्वाचनका सम्बन्धमा निर्णय लिइने नेकपाका एक नेताले बताए ।

विप्लव निकट स्रोतका अनुसार बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय गर्ने छ । यसपटकको निर्वाचनमा नेकपा चुनावमा जाने संकेत गरेको भएपनि एक्लै वा गठबन्धन भन्ने निर्णय भने सो पार्टीले गरेको छैन । गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोग गर्ने प्रस्ताव गरेका थिए ।

पाँच जना सदस्य रहेको सचिवालय बैठकमा विप्लवको प्रस्तावको प्रवक्ता खडक बहादुर विश्वकर्माले मात्र समर्थन गरेका थिए भने अर्का सदस्य धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ निर्वाचन उपयोगको विपक्षमा र सन्तोष बुढामगरले तटस्थ अभिमत व्यक्त गरेका थिए ।

चुनावमा जानुपर्नेमा विप्लव र विश्वकर्माको मत मिलेपनि दुई नेताहरुकाबीच पनि कोसँग मिलेर जाने भन्ने विषयमा मत नमिलेको स्रोतको दाबी छ । पछिल्लो समय विप्लवले माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महरासंगको भेटलाई बाक्लो बनाएका छन् भने प्रवक्ता विश्वकर्मा एमालेसँग तालमेल गरेर जानुपर्ने पक्षमा देखिएका छन् ।

 

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : ३६ बजे

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री

देवदह । रुपन्देही क्षेत्र नम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका

पर्सामा सर्वपक्षीय बैठक : दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

वीरगञ्ज । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई