८ बैशाख २०८१, शनिबार | April 20, 2024

कपिलवस्तुको शिवगढीमा विप्लव नेकपाको केन्द्रीय समिति बैठक



काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

कपिलवस्तुको शिवगढीमा रहेको पार्टी केन्द्रीय सम्पर्क कार्यालय पार्टीको १२ औं पुर्ण बैठक बसेको हो ।

बैठकमा संसद्ले हालै पारित गरेको एमसीसी, निर्वाचनमा भाग लिने नलिनेबारे पार्टीको धारणा तय गर्ने छ । संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेकपा स्थानीय तह निर्वाचनमा सहभागि हुने चर्चा चलिरहेको छ । यो विषयमा पार्टीभित्र थरी थरीका धारणा छन् ।

पार्टी महासचिव विप्लव नै निर्वाचनमा सहभागि हुनुपर्ने पक्षमा रहेको बताइएको छ। त्यस्तै पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड पनि स्थानीय तहको निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर, अन्य नेताहरू भने तत्काल निर्वाचनमा जान नहुने अडानमा छन् । जुन विषयमा केन्द्रीय समिति बैठकले ठोस धारणा बनाउनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ४ : ०१ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस