२५ असार २०८३, बिहिबार | July 9, 2026

एमालेमा ग्रहण लागिसक्यो, आफ्नो पार्टी मात्रै असल कम्युनिष्ट हो : माधव नेपाल



गोरखा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताएका छन् ।

गोरखा सदरमुकाममा आज आयोजित पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालले नेकपा एमालेको अब कुनै राजनीतिक भविष्य नभएकाले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताएका हुन् । नेपालले भने, ‘नेकपा एमाले अब एमाले रहेन । ुबीुमाले, ुसीुमाले भन्नुस् । सूर्यमा ग्रहण लागिसकेको छ ।’

“हामीले जनसेवाको भावनाले ओतप्रोत भएर गरिब र दीनदुःखी जनता, विपन्न, बेसहारा, दलित र अत्याचारमा परेका नेपाली तथा जुनसुकै वर्ग समुदायका देशभक्त नेपालीको हितको कल्याण गर्ने पार्टी निर्माण गर्नुपर्छ”, उनले भने “यो पवित्र भावले लाग्दाखेरी यो पार्टीको भविष्य रहन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको ओइरो लागेको बताउँदै आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर देशभर चलिरहेको छ भन्नुभयो । “नक्कली सोच र विचारले केही हुनेवाला छैन, अबको स्थानीय तहको चुनावले त्यसको फैसला गर्नेछ”, उनले भने, “एकीकृत समाजवादी क्रान्तिकारी सोचका साथ अघि बढेको छ, समाजवाद, विकास र समृद्धिका निम्ति देशभक्तिको झण्डा उठाएका छौँ ।”

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : ४३ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’