६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

युक्रेनले भन्यो, ‘रुसी झण्डा नेपाली हिमालमा फहराइनु चिन्ताको विषय’



काठमाडौं । पर्वतारोहणका लागि नेपाल आउने रुसी नागरिकमाथि प्रतिबन्धन लगाउनका लागि युक्रेनले नेपाललाई आग्रह गरेको छ ।

भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्ड्न मन्त्रालयसहित पर्वतारोहण सम्बन्धि निकालयलाई पत्र लेख्दै उसले आग्रह गरेको हो ।

रक्तपातपूर्ण युद्ध सुरु गर्ने रुसका प्रतिनिधिलाई अन्तर्राष्ट्रिय ओलम्पिक समिति, अन्तर्राष्ट्रिय फुटबल, बास्केटबल, टेनिस, हकी, बक्सिङ, एथलेटिक्स जस्ता कयौं अन्तर्राष्ट्रीय खेल संघहरुले सहभागीतामा प्रतिबन्ध लगाएका वा बाहिर राखेको भन्दै युक्रेनी दूतावासले नेपालसँग युक्रेनमा आक्रमण जारी रहेसम्मका लागि रुसी पर्वतारोहीमाथि प्रतिबन्धन लगाउन अनुरोध गरेको छ ।

युक्रेनले पत्रमा आफ्नो देशविरुद्ध रूसी सशस्त्र आक्रमणका क्रममा ११७ बालबालिका सहित हजारौं नागरिकको मृत्यु भएको र करोड आसपासमा आन्तरिक रुपमा विस्थापित हुन परेको उल्लेख गरेको छ ।

नेपालमा रुसी पर्वतारोहीलाई अन्य देशका पर्वतारोहण टीमद्वारा स्वागत नगराउन उसले आग्रह गरेको छ । युक्रेनले नेपाली हिमालहरु पवित्र र दिब्य रहेको भन्दै त्यस्तो स्थानमा हत्याका लागि जिम्मेवार देशको झण्डा फहराउनु चिन्ताको विषय भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : २८ बजे

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशी हस्तक्षेपको अन्त्य

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारिएको छ ।

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

काठमाडौंं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहज रुपमा कर्जा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सहजरुपमा विद्युतीय