२५ असार २०८३, बिहिबार | July 9, 2026

सबै दल मिलेर गठबन्धन बनाएपनि चुनाव हामीले नै जित्छौं : केपी ओली



नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित नेकपा(एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरु एकमुस्ट रुपमा आएपनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका हुन् । ओलीले अन्य पार्टीहरु एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको बताए । उनले सबै पार्टीहरु एकतिर लागेपनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा(एमाले)को साथमा रहेको जिकिर गरे ।

अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गरे । उनले भने, ‘त्यसकारण यो सँग डराएर अरुहरु एकजुट हुने र यसका विरुद्ध लाग्ने काम गरिराखेका छन् । मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले ग¥या छैन चुनावमा ।’

अध्यक्ष ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको दाबी गरे । एमाले राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्ने धारको रुपमा रहेको उनको भनाइ थियो । उनाँले सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले एमसीसीको सन्दर्भमा विदेशीसँग साँठगाँठ गर्ने र जनतालाई छल्ने काम गरेको पनि उल्लेख गरे । माओवादीलाई नक्कली राष्ट्रवादीको आरोप लगाउँदै ओलीले भने, ‘एमसीसी राष्ट्रघाती छ भनेर कराउने, बाहिर कार्यकर्ता उचाल्ने, सडक भत्काउन लगाउने, ढुंगा हान्न लगाउने, मारामार गर्न लगाउने, भित्र आफुहरुले हुन्छ–हुन्छ भनेर हात उठाएर तालि बजाएर पास गराउने, एकथरीलाई पास गर्नै हुँदैन भनेर सडकमा उतार्ने । आफैले सडकमा नारा लगाउँदा ए, त्यो चाहीँ नारा नलगाउ भन्ने सुटुक्क एमसीसीलाई पत्र लेख्ने अनि यो पत्र बाहिर कसरी आयो भन्ने । यो त सरकारले खास्याकखुसुक सँग कार्यान्वयन गर्नका लागि सम्झौता गरेको थियो केपी ओलीले संसदमा ल्याइदिएर बरबार ग¥यो भनेपछि नेपाली जनताको बिचमा लान नदिने, जनताका प्रतिनिधि संस्थामा लान नदिने, छलफल हुन नदिने, राम्रो नराम्रो के छ विचार–विमर्श गर्न नदिने । सुटुक्क सरकारले गरेर लागु गर्ने कस्तो साँढगाँठ रहेछ ? नेपाली जनतासँग छल्ने, विदेशीसँग साँठगाँठ गर्ने । विदेशीसँग गोप्य साँठगाँठ यस्तो किन गर्नुप¥यो ? यस्तो दोहोरो डिलिङ नक्कली राष्ट्रवादी किन हुनुप¥यो ?’

अध्यक्ष ओलीले देशमा आर्थिकसम्बन्धी समस्या देखा परेको बताए । बैंकहरुसँग ऋण दिने पैसा पनि नभएको उनले उल्लेख गरे । आफु नेतृत्वको सरकार हुँदा सयौँ विकास निर्माण सम्बन्धी काम गर्न पनि पैसा पुगेको भन्दै उनले वर्तमान सरकार आएसँगै पैसा नभएको देखेर अचम्म लागेको टिप्पणी गरे । भित्रभित्रै पुँजी पलायन भइरहेको भएपनि त्यसतर्फ सरकारको ध्यान नगएको उनले बताए । अध्यक्ष ओलीले कृषि र उद्योगको क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो । देशलाई आधुनिक, विकसित र उद्यमी बनाउनुर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ३ : ४१ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट