१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

चितवनका उद्योगमा लोडसेडिङ सुरु, दैनिक १४ घन्टा लाइन काटिँदै



चितवन । चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा सोमबारदेखि १४ घन्टा लाइन काट्न सुरु गरिएको छ ।

अघोषित रूपमा १४ घन्टासम्म लोडसेडिङ सुरु भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले स्वीकार गरे । उद्योगमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुन सक्ने ती कर्मचारी बताउँछन् ।

‘भारतले प्रतियुनिट ३८ रुपैयाँमा दिने भनेको बिजुली पनि पर्याप्त नभएपछि अघोषित रूपमा लोडसेडिङ सुरु भएको छ’, उनले भने, ‘पानी नपरुन्जेल र हिउँ पग्लेर नदीमा पानीको बहाव नबढेसम्म लोडसेडिङ हुन सक्छ ।’ प्राधिकरणले औपचारिक रूपमा भने लोडसेडिङ घोषणा गरेको छैन ।

उद्योगमा कम्तीमा आठ घन्टासम्म बिजुली दिने योजना रहेको उनले बताए । गार्हस्थ उद्योगमा भने लोडसेडिङ हुन नदिइने उनी बताउँछन् ।

‘चुुनाव आइरहेको छ । यस्तो बेलामा घरमा पनि लोडसेडिङ भयो भने त नेताहरूलाई जनताले कुट्छन् । त्यसो भएको हुनाले घरमा लोडसेडिङ हुन दिन नहुने हामीलाई दबाब छ’, उनले भने ।

रुस(युक्रेन युद्धको प्रभाव भारतको ऊर्जा क्षेत्रमा पनि परेपछि भारतले विजुलीको मूल्य बढाएको हो । बढेको मूल्यमा पनि बिजुली सप्लाइ सहज नहुँदा लोडसेडिङ सुरु भएको हो । नदीमा पानीको बहाव बढेपछि मात्रै बिजुली सहज हुने देखिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : ४९ बजे

२०८४ को निर्वाचनमा जनताले माओवादीलाई बहुमतका साथ जिताएर पठाउँछन् : अध्यक्ष प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

मीनबहादुर गुरुङले गरेको सहयोगको विषयलाई अनावश्यक नउचाल्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक

थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने

काठमाडौं । थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

नेपालगन्जबाट एक हजार केजी बढी गाईगोरुको मासु सहित ५ जना पक्राउ

कोहलपुर । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको राँझा चोकबाट प्रहरीले ठुलो परिमाणको