२० श्रावण २०८३, बुधबार | August 6, 2026

भूमिहिन सकुम्बासी समस्या समाधानमा साझा प्रतिवद्धता



बुटवल । भूमिहिन सुकुम्बासी समस्याका सवालमा सरोकारवाला पक्षले सामुहिक रुपमा प्रतिवद्धता जनाएका छन् । मंगलबार लुम्बिनी प्रदेश स्तरिय संवाद समुहले बुटवलमा गरेको कार्यक्रममा सहभागी सरोकारवालाहरुले राष्ट्रिय समस्याका रुपमा रहेको भुमिहिनहरुको विषयमा सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले भुमिहिनहरुलाई सहज ढंगले व्यवस्थीत गर्न सबै खालको सहकार्यका लागि प्रदेश सरकार तयार रहेको बताए । उनले तिनै तहका सरकार, सरकारले गठन गरेको राष्ट्रिय भुमि आयोग, राजनितिक दल लगायत अन्य सरोकारवाला पक्षविच सहकार्य गरेर भुमिहिनलाई पुर्जा वितरण गर्नु पर्ने बताए ।

उनले कहीँ कतै समस्याहरु श्रृजना भए संवाद समुह जस्ता संस्थाहरुको सहयोग लिएर अघि बढ्नु पर्नेमा जोड दिदै भुमि आयोगलाई लुम्बिनी प्रदेशका सबै जिल्लामा प्रदेश सरकारको तर्फवाट पुर्ण सहयोग रहने वचतवद्धता जाहेर गरे । उनले स्थानिय सरकारको वढि जिम्मेबारी भएकोले यो विषयमा आयोगसंग सहकार्य गर्न उनले आग्रह समेत गरे ।

कार्यक्रमा प्रदेश सरकारका पुर्व मन्त्री तथा नेकपा एमालेका प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले आयोगले आग्रह÷पुर्वाग्रह नराखि कार्यक्रम गर्नु पर्नेमा जोड दिए । उनले विगतका आयोगहरुले गरेको कामको समेत स्वमित्व लिर्दै राजनितिक रुपमा संक्रिण सोच नदिन पनि जोड दिए ।

उनले भुमिहन सुकुम्बासी समस्या राष्टिङय समस्या भएकोले यसको समाधानका लागि आफुहरु प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सांसद दिपा विकले विभिन्न स्थानमा फरक फरक खालका समस्याहरु रहेको भन्दै वस्तुनिष्ट भएर आयोगले काम गर्नु पर्ने बताईन् । विगतमा दलहरुको निर्देशनमा सकुम्बासीहरु बसालिने गरेको भन्दै उनले अहिले दलहरु यो समसया दृघकालिन रुपमै समाधानहोस् भन्ने पक्षमा रहेको बताइृन् ।

कार्यक्रमा राष्ट्रिय भुमी आयोग रुपन्देहीका अध्यक्ष हरि वहादुर आचार्य क्षेत्रीले आफुहरु सरकारले नियुक्त गरेका प्रतिनिधि भएकोले तथष्ट र आग्रह पुर्वाग्रह विना काम गर्ने पक्षमा रहेको बताए । उनले रुपन्देही जिल्लामा देवदह नगरपालिकावाट जग्गा नापचांचको काम भैरहेको भन्दै सबै पालिकामा क्रमश काम हुने बताए ।

उनले जनताको भावनालाई आत्मसाथ गर्दै काम गर्ने भन्दै उनले भुमिहिनहरुको समसया समाधानमा लागि स्थानिय सरकार र प्रदेश सरकारवाट पनि सहयोग आवश्यक पर्ने बताए ।

उनले कतिपय पालिकाहरुले सम्झौता गर्ने, लगायतका काममा आलटाल गरेको चर्चा गर्दै उनले जनातलाई पुर्जा दिएर मालिक बनाउने महत्वपुर्ण काममा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रमको संवाद समुह लुम्बिनी प्रदेशका सहजकर्ता विक्रम खड्का र कपिलवस्तु सहजकर्ता तुल्सीराम यादवले सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : १७ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको