६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

युक्रेन संकटबीच सहयात्रा गरेर पृथ्वीमा फर्किए रुसी र अमेरिकी अन्तरिक्ष यात्री



किभ । अमेरिका र रुसबीच सहकार्यको एउटा दुर्लभ संकेतमा दुवै देशका अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वीमा फर्किने क्रममा बुधवार कजाकस्तानमा उत्रिएका छन् ।

नासाका अन्तरिक्ष यात्री मार्क भान्डे हेई, रुसका दुई अन्तरिक्ष यात्री एन्तोन स्केप्लेरोभ र प्योत्र दुब्रोभ कजाकस्तानमा सगसँगै उत्रिएका हुन् । युक्रेन संकटलाई लिएर रुस र अमेरिकाबीच तनाब बढिरहेका बेला उनीहरुको सहयात्रा भएको हो ।

अमेरिकी अन्तरिक्ष यात्री भान्डे हेईले लामो समयसम्म अन्तरिक्षमा बसेर कीर्तिमान बनाएका थिए । सन् २०१६ मा अमेरिकी अन्तरिक्ष यात्री स्कट केलीले बनाएको ३४० दिनको अघिल्लो रेकर्ड तोड्दै उनी ३५५ दिन अन्तरिक्षमा बसेका थिए ।

नासाका प्रशासक बिल नेल्सनले एक विज्ञप्तिमा भने, ‘मार्कको मिसन रेकर्ड तोड्ने मात्र होइन, यसले चन्द्रमा, मंगल ग्रह र त्यस बाहिर भावी मानव अन्वेषकहरूको लागि मार्ग प्रशस्त गर्दैछ । ’ एजेन्सी

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ७ : २४ बजे

जलवायु जोखिम : हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको