९ पुस २०८२, बुधबार | December 25, 2025

एमालेको सरकार बनोस् भन्ने जनताले चाहेका छन् : एमाले अध्यक्ष ओली



मान्मा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारदेखि जनता आजित भएकाले एमालेको सरकार छिटो बन्नुपर्ने मत जनतामा रहेको बताएका छन ।

नेकपा एमाले कालीकोटले खाडाँचक्र नगरपालिका-१ मान्ममा आयोजना गरेको आमसभामा उनले वर्तमान सरकारबाट आजित भएर जनताले चाँडै एमालेको सरकार भन्ने चाहेको बताएका हुन ।

‘विगत तीन वर्ष सरकारमा हुँदा जनताको मन जित्ने काम गरेकाले बाँकी योजना गठबन्धनको सरकारले कटौती गरेको छ,’ अध्यक्ष ओलीले भने, ‘यो देश विकास गर्ने पार्टी हो। देश बनाउने पार्टी हो । गलत कुरा गर्न सकिँदैन । कसैलाई गाली गर्दैन । एमालेलाई बहुमत दिएर सरकारमा पठाएका थिए । तर अदालतले सरकारले ढाल्यो ।’

एमाले सरकारमा हुँदा जनमुखी काम गरेकै कारण अहिले नेपालका जनताले फेरि पनि छिटो एमालेको सरकार बनोस् भन्ने दृढ इच्छा राखिरहेका उनको भनाइ थियो । स्थानीय तहको निर्वाचनमा एमालेकै नेतृत्व हावी हुने र आगामी प्रदेश तथा प्रतिनिधिसभामा पनि एमालेकै सरकार बन्ने उनको दाबी छ । ‘आउने निर्वाचनमा एमालेले जितेर फेरि सरकार नेतृत्व गर्छ र नागरिकका समस्या समाधान गर्छ,’ उनले भने, ‘गठबन्धनले देशको हित गर्न नसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धन पत्तासाफ हुनेछ ।’

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ०८ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना