५ पुस २०८२, शनिबार | December 21, 2025

ओलीको काउन्टर रणनीति : गठबन्धनका असन्तुष्टलाई एमालेमा समेटने



काठमाडौं । सत्तारुढ पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने रणनीति तय गरिरहेको बेला नेकपा (एमाले)ले गठबन्धनका असन्तुष्टलाई स्थानीय तहको उम्मेदवार बनाउने योजना बनाएको छ ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिँदा असन्तुष्ट रहेका अन्य स्थानीय तहका नेतालाई एमालेमा प्रवेश गराउनेदेखि राजनीति पद दिलाउनेसम्मका रणनीति अनुसार जाने योजना बनाएको हो ।

‘बरु पराजित भए स्वीकार्ने तर चुनाव लडने मनस्थिति गरेर पाँच वर्षदेखि गृहकार्य गर्दै आएका नेतालाई पाँच दलीय गठबन्धनले टिकट नदिए तीनका भावना एमालेले सम्वोधन गर्नेछ,’ एमाले अध्यक्ष केपी ओली शर्मा निकट एक नेताले भने, ‘त्यसका लागि स्थानिय तहमा पाँच दलले पाउने उम्मेदवार र नपाउने असन्तुष्ट नेतालाई याद गर्न अध्यक्ष ओलीले निर्देशन दिनु भएको छ ।’

उनका अनुसार सुरुमा पार्टीले गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाबाट उम्मेदवार सिफारिस गर्ने र साथसाथै पाँच दलीय गठबन्धनका सम्भावित असन्तुष्ट नेताको नामावली संकलन गर्न अध्यक्ष ओलीले गोप्य रुपमा निर्देशन दिएका छन् ।

कांग्रेसका सुदूरपश्चिम, कर्णाली र गण्डकीका सभापतिसँग ‘ट्रयाक टु’ वाट वार्तासमेत गराइरहेका ओलीले वडादेखि नै त्यसका बारेमा टिपोट गर्न सुझाएको ती नेताले जानकारी दिए ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेतासँग सँगसँगै वार्ता गरिरहेका ओलीले गठबन्धनबाट असन्तुष्ट नेतालाई सम्बाेधन गर्ने प्रतिवद्धता जनाएको माओवादीका एक नेताले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ५१ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ