२५ असार २०८३, बिहिबार | July 10, 2026

प्रधानमन्त्रीजी चुनावको बेला किन भारत जानु भयो, आएपछि सोध्नुपर्ला : केपी ओली



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए ।

अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ुप्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला रु आएपछि सोध्नुपर्ला ।ु

आफुले दैनिक चारवटा कार्यक्रममा भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिए । ुयुवाहरूले मेरोभन्दा बढी सक्रिय हुनुपर्छ । एमालेलाई बलियो पार्टी बनाउनुपर्ने अब युवाहरूको हातमा छ,ु ओलीले भने ।

एमालेको हरुवा बानी नभएको उनको भनाइ छ । ुएमालेले हार्न कहिल्यै जानेको छैन । हाम्रो हरुवा बानी होइन् । हामी जितेर देश बनाउँछौं,ु ओलीले भने ।

सामाजिक अभियान्ताको जागरण ल्याउनुपर्नेमा उनले जोड दिए । ुहामीले सामाजिक अभियान्ताको जागरणका रूपमा काम गर्नुपर्छ । व्यक्ति व्यक्तिका बीचमा गएर हरेक क्षेत्रमा एड्भान्सपन ल्याउनुपर्छ । वैज्ञानिक चेत हामीले फैलाउनुपर्छ,ु ओलीले भने ।

माधव नेपालको जसरी एमालेलाई न भाले न पोथीको अवस्थामा पुर्‍याउने छुट अब कसैलाई नरहेको उनले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ६ : १४ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट