१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

स्थानीय तहका उम्मेदवार निर्दलीय हुनुपर्छ : हृदयेश त्रिपाठी



काठमाडौं । स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्नेभन्दै जनता प्रगतिशील पार्टी नेपालले आफ्नो धारणा प्रस्ट पारेको छ। शनिबार केन्द्रीय कमिटी बैठकको आयोजना गर्दै पार्टी अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्ने बताएका हुन् ।

दलिय आधारमा हुँदा सक्षम, क्षमतावान र इमान्दार जनप्रतिनिधि निर्वाचित हुन कठिन हुने आफूहरूको धारणा रहेको उनले प्रस्ट पारे । पार्टीले स्थानीय तहमा कर्मठ, विकासकर्मी र प्रगतिशील विचार बोकेका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका लागि पार्टीमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

‘हाम्रो प्राथमिकतामा युवा वर्ग हुने छ । हामी युवालाई अवसर दिन चाहन्छौं,’ उनले भने। स्थानीय तहको बढ्दो बेरुजु र अनियमितता अन्त्य नै आफ्नो पार्टीको मूल चुनावी नारा हुने उनले बताए ।

यसका साथै अध्यक्ष त्रिपाठीले माध्यामिक तहसम्मको शिक्षा र आधारभूत स्वास्थ्य तथा कृषिको उन्नती आजको आवश्यकता रहेको बताए ।

स्थानीय तहमा स्वतन्त्र जनप्रतिनिधि हुँदा उसले निश्पक्ष ढंगले काम गर्नेमा आफूहरू विश्वस्त रहेको त्रिपाठी बताउँछन् । उनले आफ्नो पार्टीबाट कुनै प्रतिनिधिले जिते दलीय बन्धनमा नराख्ने बताएका छन् ।

यसका साथै उनले नेपाली राजनीतिमा गठबन्धनको संस्कृति हाबी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘गठबन्ध गरेर सरकार चलाउनु गलत छ । गठबन्धन गरेर चुनावमा जानु पनि गलत हो । त्यसले जनताको स्वस्थ म्यान्डेट आउँदैन । गठबन्धन गर्ने हो भने छुट्टाछुट्टै दल किन चाहिए । यो परिपाटी संविधान र लोकतन्त्र विपरित छ,’ अध्यक्ष त्रिपाठीले भने ।

यसका साथै उनले प्रतिनिधि सभा सदस्य रेशम चौधरीको रिहाइको माग समेत गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : २२ बजे

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी

किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?

काठमाडौं । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका