१९ बैशाख २०८३, शनिबार | May 2, 2026

पेट्रोलियम व्यवसायीहरूको आन्दोलन फिर्ता, आईतबारबाट आपुर्ति सहज हुने



काठमाडौं । पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमसँगको वार्तामा जेठ १५ गते सम्म व्यवसायीले उठाएका सबै मागलाई सम्बोधन गर्ने निगमको आश्वासन पछि व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएका हुन् । व्यवसायीहरुले भोलि चैत २० गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका थिए ।

निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरू बीच भएको वार्ता तथा छलफलमा पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ दिन भित्र सम्बोधन हुने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ सम्ममा निष्कर्ष सहितकोआवश्यक कार्य गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको व्यवसायी र निगमको तर्फबाट आज प्रकाशित संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

यसअघि, पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले संयुक्त संगठन बनाएर देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए । उनीहरूले विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेको तर निगमले आफूहरूको ढुवानी भाडा नबढाएको भन्दै आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेका थिए ।

निगमलाई ढुवानी भाडा बढाउन दबाब दिँदै व्यवसायीहरू आन्दोलनमा उत्रिएसँगै शुक्रबारबाटै देशभरीका पेट्रोल पम्पहरूमा लाइन लाग्न सुरु भइसकेको थियो ।

आईतबार बिहान ८ बजेदेखि पेट्रोलियम पदार्थको बिक्री वितरण सुरु हुने व्यवसायीहरुले बताएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ५८ बजे

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी

बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा रुद्र गणको सक्रिय सहभागिता

बुटवल । बुद्ध जयन्ती को अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित

सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित,