२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

सांसद पद फुकुवाको माग गर्दै दायर रिट कार्की र सुवेदीको इजलासमा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का निलम्वित सांसद हरिनारायण रौनियारले सांसद पद फुकुवा हुनुपर्ने माग गर्दै दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेसी तोकिएको छ ।

रौनियार २० असोज, २०७७ मा सांसद पदबाट फुकुवाको माग गर्दै सर्वोच्च पुगेका हुन् । उनको रिटमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २२ असोज, २०७७ सालमा संघीय संसद् सचिवालयको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । र, रिटलाई अग्राधिकार दिने निर्णय गरेको थियो । त्यस यता सर्वोच्चले रिटको ९ पटक पेसी त तोक्यो तर हरेक पटक ‘हेर्न नमिल्ने’ सूचीमा राख्यो ।

पप्पु कन्स्ट्रक्सनका अध्यक्षसमेत रहका रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा १९ असोज, २०७५ मा दायर गरेपछि स्वतः निलम्वनमा परेका थिए ।

उनको निर्माण कम्पनीले देशभर पुलको ठेक्का अलपत्र पारेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले अनुसन्धानपछि मुद्दा दायर गरेको हो । २०७४ सालमा भएको संघीय निर्वाचनमा उनी पर्सा क्षेत्र नम्बर-३ बाट निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : ५० बजे

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं। डोलप्रसाद अर्याल ले मंगलबार शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र

विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

भेरी नदीमा छ पुलको काम अझै अलपत्र

सुर्खेत । सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनित

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय

धम्कीबाट विचलित नभै ट्रेड युनियन अधिकारको पक्षमा उभिन भवानी दाहालको आह्वान

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले