१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

गठबन्धन तीनै तहमा हुन्छ, निर्णय नमान्नेले पार्टी छाड्दा हुन्छ : बानियाँ



हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धन तीनै तहमा हुने बताएका छन् ।

कांग्रेस हेटौंडा उपमहानगर समितिले सोमबार हेटौंडामा आयोजना गरेको नगर भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दललाई धोका दिन नमिल्ने बताएका हुन् ।

‘सत्ता साझेदार दलबीच गठबन्धन हुन्छ । पार्टीले गरेको निर्णयको पछि लाग्नुहोला’, उनले भने, ‘कोही कसैले पनि आफू केन्द्रीत राजनीति नगरौं । कांग्रेसले गरेको निर्णयको खिलापमा जाने अधिकार कसैलाई छैन ।’ नेता बानियाँले कांग्रेस पद्दतीमा चल्ने पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा पदका लागि प्रतिस्पर्धाको बढेपनि मिलेर जानुको विकल्प नरहेको बताए ।

प्रदेश संसदीय दल नेता समेत रहेका बानियाँले स्थानीय तहको निर्वाचनमा सत्तागठन्धन एक ढिक्का भएर मैदानमा उत्रिनुपर्ने बताएका छन् । उनले गठबन्धन गर्ने विषयमा पार्टीमा सर्वसम्मतरुपमा निर्णय भएको र निर्णय नमान्नेले पार्टी छाड्दा हुने बताएका छन् । ‘पार्टीको निर्णय अन्तिम निर्णय हो । सोही अनुसार अगाडि बढ्नुपर्छ ।’ उनले भने ‘गठबन्धनले उचित स्थानमा आवश्यकता र औचित्यको आधारमा टिकट वितरणको निर्णय गर्नेछ । पार्टीले गरेको निर्णय नमान्ने र मतदान गर्दैनौं भन्नेहरु पार्टी छाडेर जाँदा हुन्छ ।’ उनले पार्टीमा सधैं एउटै व्यक्तिले टिकट नपाउने दाबी गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ०७ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम