२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलमा प्रहरी हिरासत भित्र घांटी रेटिएको अवस्थामा अभियुक्त फेला



बुटवल । चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका एकजना घांटी रेटिएको अवस्थामा घाईते फेला परेका छन् ।

तामाको तार चोरीको अभियोगमा बुटवल स्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घांटी रेटिएको अवस्थामा फेला फरेका हुन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

शनिबार तामाका तारहरु कवार्ड पसलमा बेच्दै गरेको अवस्थामा नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । बुटवल औद्योगिक क्षेत्र र बिभिन्न स्थानबाट तामाका तारहरु चोरी भएको उजुरीका आधारमा अनुसन्धानमा रहेको प्रहरीले नेपालीलाई कवार्डखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घांटी रेटिएको अवस्थामा रहेको नेपालीका आफन्त मानकुमारी सार्कीले जनाएकी छिन् । हिरासत भित्रै घाटी रेटिनु गम्भीर भएको भन्दै उनले घटनाको छानवीन हुनु पर्ने माग समेत गरेकी छिन् ।

हिरासतमा रहेका नेपालीले आफै धारिलो हतियारले घांटी रेटेर आत्महत्या गर्न खोजेको प्रहरीले पनि पुष्टि गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले आफैले धारिलो सामानले घांटीमा रेट्न खोजेको भेटिएपछि तत्काल उपचारका लागि अस्पताल लगिएको बताए ।

उनले तामा चोरीको आरोपमा पक्राउ परेका नेपालीले आत्महत्या गर्न खोजेको तर प्रहरीले समयमै उद्दार गरेर अस्पतार लगेको दाबी गरे ।

घाइते नेपालीका दिदी नाता पर्ने मानकुमारीले भने कुनै धारिलो हतियार लैजान नपाईने हिरासत भित्र घांटी रेटिनु शंकास्पद रहेको बताइन् । ‘लडेको भए पेट, छाती वा अन्त चोट लाग्नु पर्ने, त्यस्तो केही छैन, घांटी मात्र रेटिएको छ ।’ उनले भनिन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : २४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल