२९ चैत्र २०८२, आइतबार | April 12, 2026

बुटवलमा प्रहरी हिरासत भित्र घांटी रेटिएको अवस्थामा अभियुक्त फेला



बुटवल । चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका एकजना घांटी रेटिएको अवस्थामा घाईते फेला परेका छन् ।

तामाको तार चोरीको अभियोगमा बुटवल स्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घांटी रेटिएको अवस्थामा फेला फरेका हुन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

शनिबार तामाका तारहरु कवार्ड पसलमा बेच्दै गरेको अवस्थामा नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । बुटवल औद्योगिक क्षेत्र र बिभिन्न स्थानबाट तामाका तारहरु चोरी भएको उजुरीका आधारमा अनुसन्धानमा रहेको प्रहरीले नेपालीलाई कवार्डखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घांटी रेटिएको अवस्थामा रहेको नेपालीका आफन्त मानकुमारी सार्कीले जनाएकी छिन् । हिरासत भित्रै घाटी रेटिनु गम्भीर भएको भन्दै उनले घटनाको छानवीन हुनु पर्ने माग समेत गरेकी छिन् ।

हिरासतमा रहेका नेपालीले आफै धारिलो हतियारले घांटी रेटेर आत्महत्या गर्न खोजेको प्रहरीले पनि पुष्टि गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले आफैले धारिलो सामानले घांटीमा रेट्न खोजेको भेटिएपछि तत्काल उपचारका लागि अस्पताल लगिएको बताए ।

उनले तामा चोरीको आरोपमा पक्राउ परेका नेपालीले आत्महत्या गर्न खोजेको तर प्रहरीले समयमै उद्दार गरेर अस्पतार लगेको दाबी गरे ।

घाइते नेपालीका दिदी नाता पर्ने मानकुमारीले भने कुनै धारिलो हतियार लैजान नपाईने हिरासत भित्र घांटी रेटिनु शंकास्पद रहेको बताइन् । ‘लडेको भए पेट, छाती वा अन्त चोट लाग्नु पर्ने, त्यस्तो केही छैन, घांटी मात्र रेटिएको छ ।’ उनले भनिन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : २४ बजे

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय