२६ असार २०८३, शुक्रबार | July 10, 2026

केही स्वार्थी मान्छेले केपी ओली मधेश विरोधी हो भन्ने हल्ला चलाए : ओली



वीरगञ्ज । एमाले अध्यक्ष केपी ओलीले केही व्यक्तिलाई आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको बताएका छन् ।

वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशीविरोधी रहेको हल्ला चलाएको बताएका हुन् ।

‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उनले भने, ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’

ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएका आरोप लगाए। उनले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाएका हुन् ।

‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई,’ ओलीले भने, ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ३ : ४३ बजे

गणेश नेपालीलाई तत्काल भारत नलगिने, स्वास्थ्य स्थिर भएपछि मात्रै रेफर गरिने

काठमाडौं । आत्मदाह प्रयासपछि गम्भीर अवस्थामा रहेका मुगुको सोरु गाउँपालिका-१

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार