१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

भीभीआईपी उडानमा पत्रकार धमलाले अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण : वायुसेवा सञ्चालक संघ



काठमाडौं । पत्रकार ऋषि धमलाले विमानमा गरेको क्रियाकलापप्रति वायुसेवा सञ्चालक संघले ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा नेपाल वायुसेवा निगमको विमानमा धमलाले गरेको क्रियाकलाप अमर्यादित भएको संघले जनाएको छ ।

प्रधानमन्त्री सहितको भीभीआइपी टोली सवार उक्त उडानमा मिडिया ग्रुपका व्यक्तिहरुबाट उडानका क्रममा अपनाउनु पर्ने नियमलाई समेत उल्लघंन गर्दै निषेधित कक्षमा क्यामरा सहित प्रवेश गरी अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण रहेको संघले बुधबार विज्ञप्ति जारी गरेर भनेको छ ।

प्रधानमन्त्रीसहित भीभीआइपी टोली सवार उक्त उडानमा धमलाले असभ्य र उडान सुरक्षामा गम्भीर असर पुग्ने असंवेदनशील व्यवहार देखाएकोप्रति संघले आपत्ति जनाएको हो ।

उक्त उडानमा यात्रुलाई अनावश्यक हैरानी हुने कार्य नगर्न चालक दलको पटक पटकको अनुरोधलाई बेवास्ता गर्दै जवरजस्ती भिडियो क्लिपिङ गरी लाइभ समाचार प्रसारण गर्नु भिभिआइपीको सुरक्षा प्रोटोकलकोसमेत उल्लघंन भएको ठहर गर्दै यस्ता अवाञ्छित कार्य आगामी दिनमा नगर्न समेत संघले अनुरोध गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन सुरक्षा नियमावली, २०७३ मा वायुयान भित्र शान्ति सु(व्यवस्था र अनुशासन कायम गर्ने सम्वन्धमा कानूनी व्यवस्थाहरु गरिएको र त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली, २०६७ मा नागरिक उड्डयन कार्यालयको बिना अनुमति विमानस्थल क्षेत्र भित्र छायाँकन गर्न नपाइने कानूनी व्यवस्थाहरु रहेकोले उडान सुरक्षा र हवाई सुरक्षामा उक्त नियमहरु तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट प्रतिपादित सिद्धान्तहरुको प्रतिकुल हुने गरी कही कतै वा कुनै कृयाकलाप भएमा देशको समग्र हवाई उड्डयन क्षेत्रको छविमा नकारात्मक प्रभाव पर्ने हुँदा वायुयान भित्र सौहार्दपूर्ण व्यवहार गरी हवाई सुरक्षालाई स्(व्यवस्थित तथा अनुशासन कायम राख्ने विषयमा सम्पूर्ण सबैको सहयोगको अपेक्षा गरेको जनाएको छ।

धमलाले विमान भित्रबाट गरेको लाइभका टुक्रा यतिबेला समाजिक सञ्जालमा चर्चामा छ । उनको यस्तो हर्कतमा प्रेस काउन्सीलले २४ घण्टे स्पष्टीकरणसमेत सोधेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : १३ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ