२२ मंसिर २०८२, सोमबार | December 8, 2025

पशुपति धर्मशालामा ताला नलगाउन अदालतको अन्तरकालीन आदेश



काठमाडौं । काठमाडौं जिल्ला अदालतले पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको धर्मशालाको मूलगेटमा ताला नलगाउन अन्तरकालीन आदेश दिएको छ ।

पशुपति क्षेत्र विकास कोषले शुक्रबार ताला लगाएलगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित प्रस्तुत आदेश प्राप्त भएको मितिले बाटाका म्याद म्याद बाहेक १५ (पन्ध्र) दिन भित्र आफै वा कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न विपक्षीहरुको नाममा आदेश दिएको छ ।

होटेल आनन्द प्रा.लिले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर रिट दायर गरिएको छ । नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा शुक्रबार सरकारले ताला लगाएको हो ।

ताला लगाउनुअघि कोषले होटेल खाली गर्न सूचना जारी गरेको थियो। तर, बतास समूहले कोषको टोलीलाई मूलगेटमै रोकेर भित्र जान दिएन । होटेलभित्रका सामान हराउने तथा हिनामिना हुने डरले ताला लगाउनुपरेको कोषले जानकारी दिएको छ ।

कोषले होटेलका सामान नचलाउन बतास समूहलाई अनुरोधसमेत गरेको छ। होटेलका कर्मचारीले कोषका कर्मचारीलाई भित्र प्रवेश गर्न नदिएपछि कोषले बाहिरी गेटमा ताल्चा लगाएर सूचना टाँसी फर्किएको छ। अनुगमनका क्रममा पुगेका कोषका पदाधिकारी र होटेलका कर्मचारीबीच शुक्रबार पनि विवाद भएको थियो ।

यसअघि गत बिहीबार पर्यटनमन्त्री प्रेमबहादुर आले कोषका पदाधिकारीसहित धर्मशाला पुगेका थिए । त्यसबेला पनि बतास समूहका कर्मचारीले अवरोध गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ६ : २४ बजे

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन