२६ असार २०८३, शुक्रबार | July 10, 2026

३० वैशाखको निर्वाचनले जनप्रतिनिधिको संवैधानिक अधिकार हनन् भयो : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३० बैशाखमा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा विजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन् भएको बताएका छन् ।

नेकपा एसनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ३० बैशाखमा स्थानीय तह निर्वाचन हुनेमा आशंकासमेत व्यक्त गरे ।

‘३० बैशाखमा चुनाव हुने भनेर निर्वाचन आयोगले हिजो आचारसंहिताको कुरा पनि अगाडी सारेको छ– समस्या त छ,’ नेपालले अगाडि भने, ‘५ जेठमा पहिलो चुनाव भएको थियो, १५ असारमा अर्को चुनाव भएको थियो, ७ असोजमा अर्को चुनाव भएको थियो, असोजमा चुनाव भएकाहरुको अझै ५ वर्ष पुगेको छैन ।’

अध्यक्ष नेपालले असोजमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफनो पूर्ण कार्यकाल सञ्चालन गर्न नदिएर संवैधानिक अधिकारको हनन् भएको समेत टिप्पणी गरेका छन् ।

‘असोजमा चुनाव भएका मान्छेहरूको पाँच बर्ष समय पुगेको छैन, त्यसको जवाफ कसले दिने रु त्यसो हुनाले कानुनमा त्रुटि छ, संबैधानिक उनीहरूको अधिकारको हनन् भएको छ,’ नेपालले भने, ‘त्यसो हुनाले यो चुनावले असोज महिना पाँच बर्ष पुग्नेहरूको भावना विपरित छ ।’ स्थानीय तह निर्वाचनमा ३० बैशाखमा गराउने सरकारको निर्णयविरुद्धमा भंगहा नगरपालिकाका मेयर सञ्जिवकुमार सिंहले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको प्रसङ्ग उल्लेख नगरी त्यसतर्फ भने ईगिंत गरेका छन् ।

यद्यपि, ३० बैशाखमा निर्वाचन हुने वा नहुने भन्नेमा नेपालले आशंका ब्यक्त गरे पनि चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन । ‘भोलि जे होला, अहिले हामी तयारीमा जुटौं, अहिले हामी ३० बैशाखका चुनावको तयारीमा जुटौं’ नेपालको भनाइ छ । नेकपा एमालेवाट बिभाजिन भएपछि स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनमार्फत पहिलो पटक चुनावी मैदानमा उत्रदैछ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  २ : २५ बजे

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ ।

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय