२६ असार २०८३, शुक्रबार | July 10, 2026

गफाडीले गफ मात्रै हाँक्छन्, हामी देश बनाउँछौं : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर नै आउन थालेको बताएका छन् ।

अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिन्ह कलम पनि भन्न थालेको दावी गरे । शनिबार काठमाडौंमा आयोजित पार्टीको जनसभामा बोल्दै उहाँले गफाडीहरुले गफ गर्दै जाने उल्लेख गर्दै आफूहले भने देश र जनताको पक्षमा काम गरेर देखाउने बताए । एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले गफाडीहरुलाई गफ गर्न र अरुको अपमान गर्न दिँदा हुने बताए । उनले भने, ‘अहिले हाम्रो पार्टीको पक्षमा जनलहर नै आईरहेको छ । अहिले जनताले सबै ठाउँमा कलम भन्न थालेको छन् । एकीकृत समाजवादी भन्न थालेको छन । गफाडीलाई गफ गर्न दिनोस् । अरुको अपमान गर्न दिनोस् । हामी काम गरेर देखाऔं । इमान्दारिता, निष्ठा, समर्पणले काम गर्न गरौं । कसैले हामीलाई हेप्न नसकून ।’

अध्यक्ष नेपालले विना कामको भ्यूटावर र गेट बनाउने नाममा अर्बौ बजेट खर्च स्थानीय तहमा भईरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सो रकम युवाहरुलाई निब्र्याजी ऋणको रुपमा सरकारले दिएको भए जनता गाँस र बासको अभावमा छटपटिनुपर्ने अवस्था अन्त्य हुने जिकिर गरे । अध्यक्ष नेपालले भने, ‘विना कामको भ्यूटावर बनाउने काममा अर्ब रुपैयाँ खर्च हुने गरेको छ । गेट बनाउने काममा करोेड रुपैयाँ खर्च भएको छ । भ्यू टावर र गेट बनाउने खर्च गरेको रकम युवाहरुलाई निब्र्याजी ऋण दिएको भए मानिसहरु गाँस र बासको समस्यले छटपटाउनुपर्ने अवस्था आउने थिएन । सरकारको एक पैसाको पनि राम्रो सदूपयोग हुनुपर्छ ।’

अध्यक्ष नेपालले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम छिटो सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : ३० बजे

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ ।

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय

राष्ट्रपति पौडेलले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका

वर्षामा बिपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको