१७ श्रावण २०८३, आइतबार | August 2, 2026

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अचानक आगलागी, त्यसपछि ….



भैरहवा । निर्माण सम्पन्न भई संचालनको तरखरमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आइतबार साँझ ७ बजेर १४ मिनेटमा हिले बिमानस्थलबाट आएको २०० जना सवार मुकु एयरलाईन्सको ए ३३० को फलाइट मुकु १८१ को बिमान आपतकलिन अवतरण गर्ने क्रममा दुर्घटना भई अचानक आगलागी भयो ।

साइरन बजाउँदै दमकलहरू दौडन थाले, विमानस्थलमै रहेको एम्बुलेन्स पनि हुइकिदै घटनास्थल तर्फ लाग्यो । विमानस्थलभित्र अप्रिय घटना घट्यो भन्दै एयरपोर्ट वरिपरिका मानिसहरुले आत्तिए । विमानस्थलभित्र अचानक धुवाँको मुस्लो निस्किएपछि अत्तालिएका विमानस्थलका छिमेकीलाई विमानस्थलमा आगलागी भएको भन्ने आभास भयो । केही बेरमा अवतरणको क्रममा बिमानस्थल दुर्घटना भएको खबर विमानस्थल प्रशासनले गर्यो ।

उता आगलागीलाई उद्दार तथा अग्नी निवारण शाखाको अग्निनियन्त्रक, नेपाली सेना, नेपाल प्रहरीले आगो नियन्त्रणमा लिदै थिए । विमानस्थलको ४ वटा र सिद्धार्थनगर नगरपालिकाको एक दमकलबाट आगो नियन्त्रणमा आयो ।

दुर्घटनामा ५० जनाको ज्यान गयो भने १५० जना घाइते मध्ये ४५ जना सिक्स्तलाई तत्काल एम्बुलेन्स बाट युनिभर्सल मेडिकल कलेज, भिम अस्पताल र सिटी अस्पताल पु-याइएयो ।

यि सवै घटना भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नमुनाको रुपमा आगलागी नियन्त्रण अभ्यासका लागि गरिएको थियो ।

संचालनको तयारीमा रहेको विमानस्थलमा भैपरी आउने भन्दै पहिलो पटक रात्रीकालिन समयमा फुल स्केलमा अभ्यास गराइएको विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दहालले बताए ।

विमानस्थलमा अग्निनियन्त्रक तर्फ २५ जना कार्यरत छन, विमानस्थलमा दुर्घटना भए त्यसको तयरी के कस्तो छ कमीकमजोरीको पहिचान गर्न पनि यो अभ्यास गरिएको सह–महाप्रबन्धक प्रदिप अर्यालले भने । अभ्यासका लागि गराइएको परिकल्पना सहितको यो दुर्घटना पनि आपतकालिन उद्धार के कसरी गर्ने भनि गरिएको अभ्यास होे ।

प्रत्येक २ वर्षमा यस्तो फुल स्केलमा अभ्यास गराउनु पर्छ । विमानस्थल क्षेत्रभित्र हुने जहाज दुर्घटना पश्चात उद्धारलाई व्यवस्थित र छिटो छरीतो बनाउन गौतमबुद्ध बिमानस्थलमा आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास मार्फत सचेत गराउन र आफु कसरी प्रस्तुत हुने भनि देखाउन अभ्यास गराइने गरिएको छ ।

मापदण्डमा रहेर उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी आपतकालिन अभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक दहालले जानकारी दिए । उद्वार तथा अग्नि निवारणको पहिलो उद्देश्य र प्राथमिकता नै पहिलो ज्यान बचाउने, धनजनको सुरक्षा र सेवा दिने भएकोले कसैको जिवन रक्षाका लागि सधैव तयारी अवस्थामै रहेर दुर्घटना न्युनिकरणमा पहिलो भुमिका खेल्दै आएको बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार गरिएको आपतकालिन अभ्यासमा बिमानस्थलमा फायर फाइटर, नेपाली सेना, नेपाल प्रहरी, विमानस्थल सुरक्षा गार्ड, स्वास्थ्यकर्मी, एयरलाइन्सका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : ४७ बजे

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र

सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी वार्ता टोली र