६ पुस २०८२, आइतबार | December 21, 2025

गठबन्धन जति ठूलो भए पनि एमाले जति पुग्दैन : ओली



बझाङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बझाङ जिल्लाका मतदातालाई सम्बोधन गर्दै विकासका लागि एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।

एमाले प्रतिपक्षमा भए पनि जनआर्कषर्ण भएको उनले बताए । नेकपा एमाले जनताको पार्टी भएकाले एमालेमा गोलबद्ध हुन उनले बझाङवासीलाई आग्रह गरेका छन् ।

उनले एमाले बालबालिकादेखि वृद्धवृद्धाको पक्षधर पार्टी भएको बताए । उनले आफूहरू आधुनिक नेपाल निर्माणको अभियानमा लागेको बताएका थिए ।

‘जब एमाले पहिलो पटक सरकारमा सहभागी भयो, आफ्नो गाउँ आफै बनाऊँ अभियान, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका उत्कृष्ट कार्यक्रम ल्यायो,’ उनले भने ।

एमालेले नेतृत्व गरेको समयमा मुलुकले उत्कृष्ट विकास गरेको ओलीको दाबी थियो । एमाले नेतृत्वको सरकार सधैँ निर्माण कार्य गरेर अर्थतन्त्रको विकास गर्ने तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र समाप्त गरेको उनले बताए । उनले अहिलेको गठबन्धनलाई पाँच भाइको खन्चुवा गठबन्धन भएको संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीले सेती नदीमा आएको बाढीले बझाङ र बैतडीमा अथाह क्षति गर्दा पनि वर्तमान सरकारले कुनै काम नगरेको आरोप लगाए ।

ुप्रधानमन्त्री, गृहमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री बाढी प्रभावित ठाउँमा पुगे पनि कुनै काम गरेनन् । सेती नदीमा तटबन्ध निर्माण गरी खेतीयोग्य फाँट जोगाउन एमाले प्रतिबद्ध छ । भत्केका घर एमालेले निर्माण गर्छ,ु उनले भने । अध्यक्ष ओलीले बझाङका साथै सुदूरपश्चिममा पर्यटनको प्रचुर सम्भावना भएको बताएका थिए ।

वर्तमान सरकार चुनाव सार्ने कोसिस गरिरहेको समेत ओलीले आरोप लगाए । पाँच दलीय गठबन्धन जति ठूलो भएको भनिए पनि एमाले जति नपुग्ने उनको दाबी छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ३३ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको