४ पुस २०८२, शुक्रबार | December 20, 2025

सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता : प्रियान्शुको विजयी सुरुआत



काठमाडौं । प्रियान्शुसिंह क्षेत्रीले योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको यु–१९ पुरुष सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रियान्शुले अदिश कार्कीलाई २१–१२ र २१–१६ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा हिमाल चन्दले रिसभ राईलाई २१–४ र २१–९, अनिल मल्लले दिपन गायकलाई २१–१३ र २१–१३, राज बर्माले सुमित ठोकरलाई २१–१५ र २१–४, सन्तोष पनेरुले सुनिल कार्कीलाई २६–२४ र २१–१०, रोहित बरालले दिपम वज्राचार्यलाई २१–११ र २१–१९, साहिल चन्दले आरुष सिम्खडालाई २१–६ र २१–१०, ऋषिकेश राईले प्रकाश अधिकारीलाई २१–१५ र २१–१८ तथा निखिल भट्टले स्वयं मानन्धरलाई २१–१६ र २१–१२ को सेटमा हराए ।

विजेता सबै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्यसै स्पर्धामा निर वज्राचार्यले प्रकाश सिंह तथा निशान कटुवालले विवेक चौधरीबाट वाक ओभर पाउदै प्रिक्वाटरफाइनलमा पुगे ।

हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठान र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. द्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा दीपेश धामीले दीपेन्द्र कार्कीलाई २१–६ र २१–१०, जीवन आचार्यले बविश थापालाई २१–४ र २१–७, प्रवीण लिङथेबले दिपम वज्राचार्यलाई २१–११ र २१–८, विष्णु कटुवालले सुमन लिम्बूलाई २१–८ र २१–१५ तथा नवीन श्रेष्ठले देवराज राणालाई २१–८ र २१–१५ को सोझो सेटमा पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । रोशन साउदले हीरा राई तथा पूर्णबहादुर थापाले राम त्रिपाठीबाट वाकओभर पाउदै प्रिक्वाटरफाइनलमा पुग्न सफल भए ।

प्रतियोगिताको संघीय सांसद समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १ सय ७२ खेलाडीको सहभागिता रहेको नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष एवं प्रतियोगिता निर्देशक सुभाष श्रेष्ठले जनाएका छन् । विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिताको पुरुष÷महिला सिंगल्स विजेताले १ लाख १५ हजार, उपविजेताले ५५ हजार र तेश्रोले १५÷१५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकी सबै स्पर्धामा पनि नगद पुरस्कार राखिएको छ । प्रतियोगिता बैशाख १ गते सम्पन्न हुने छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको