६ पुस २०८२, आइतबार | December 21, 2025

०७९ चुनावी वर्ष, कार्यभार सम्पन्न गर्न गठबन्धन : माधवकुमार नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको चुनाव हुने चुनावी वर्षको रुपमा रहेको २०७९ साल देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन् ।

नयाँ वर्ष २०७९ को शुभकामना सन्देश जारी गर्दै नेपालले संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि जनताको साथमा हुने बताएका छन् । ‘समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौं भन्नेमा हामी विश्वस्त छौं । यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौं,’ उनले भनेका छन् ।

उनले वितेको वर्ष २०७८ देश, लोकतन्त्र र संविधान रक्षाका लागि क्रान्तिकारी विद्रोह गरेको वर्षको रुपमा स्मरणीय रहने बताएका छन् । ‘नयाँ वर्ष २०७९ को शुरुवातसँगै हामीले गत वर्ष गरेको त्यो विद्रोहलाई जनताबाट अनुमोदन गराउने ऐतिहासिक अवसर नजिक आएको छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ८ : ३१ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र