२६ असार २०८३, शुक्रबार | July 10, 2026

एमाले सरकार हुँदाको विकास देखेर विपक्षी अत्तालिए : केपी ओली



सिमकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशको विकास देखेर विकास बिरोधी अत्तालिएर सरकार ढालेको आरोप लगाएका छन् ।

आइतबार नेकपा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरु सरकार ढाल्न अदालत गएको आरोप लगाएका हुन् ।

जनताबाट होइन अदातलबाट सरकार ढालेको ओलीको आरोप थियो । जनताले एमालेलाई माया गरेको भएपनि दुनियामा कही नभएको नेपालमा भएको उनको भनाइ थियो ।

आफ्नो कार्यकालमा काम भए पनि अहिले आएर काम रोकिएको ओलीको दाबी छ । कर्णाली करिडोरले तिब्रता पाउनुका साथै यसको स्तर वृद्धिमा जोड दिनुपर्ने ओलीको भनाइ थियो । खरका छाना विस्थापीत हुनुका साथै, जनता आवास कार्यक्रम मार्फत गरीब दुखिले घर पाएको उनले दाबी गरे ।

निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर गठबन्धन गरेपनि एमालेलाई असर नगर्ने बताउँदै ओलीले नेपाली कांग्रेस बैशाखी टेकेर हिड्ने अवस्थामा पुगेको आरोप लगाए । कांग्रेसको अहिलेको अवस्था देखेर माया लागेर आएको ओलीको भनाई छ ।

‘२०१५ सालमा कांग्रेस दुई तिहाईमा थियो २०४८ सालमा बहुमतमा आयो, अलि पछि आएर आफैं हिँड्न मुस्किल भएर लौरो टेक्ने हातलमा पुग्यो, अहिले लौरो टेक्ने होइन् माओवादी केन्द्र र माकुने गुटको बैशाखी टेक्ने अवस्था आएको छ । कांग्रेसले भोट के मा हाल्ने, कतै, पेन्सिलमा हाल्ने, कतै अण्डा भित्रको हसियाँ हथौडामा हाल्ने, कतै गीलासमा भोट हाल्ने,’ उनले भने ।

एमाले सरकारमा आउँदा विकासको लहर चल्ने, तर अन्य पार्टी सरकारमा हुँदा देशको अर्थ तन्त्र खुम्चिने गरेको उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने उनको भनाई थियो । स्थानीय निर्वाचनका लागि चुनावी सभामा सम्बोधन गर्न हुम्ला आइपुुगेका अध्यक्ष ओलीले सम्पूर्ण देश निर्वाचनमय भएको बताउँदै यो निर्वाचन कसैले रोक्न र छेक्न नसक्ने बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : १७ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी