१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बुटवलमा राप्रपाको आमसभा हुदैँ



बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा बुटवल उपमहानगरपालिका समितिको आयोजनामा बैशाख ८ गते हुने आम सभाको तयारी पुरा भएको छ ।

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि आम सभाको तयारी पूरा भएको लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले जानकारी दिए ।

पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्घदेल निर्वाचित भएपछिको बुटवलमा पहिलो सभा हुन लागेको उनले बताए । राप्रपामा अधिकाश युवा नेतृत्वमा आउदा आकर्षक बढेको दाबी गर्दै अबको राप्रपा नै राष्ट्रिय पार्टिको रुपमा रहेको उनले दाबी गरे । प्रदेशमा निर्वाचनको विषयमा राप्रपा केन्द्रबाट निर्णय हुने तर्क गर्दै स्थानिय निर्वाचनमा एकल उम्मेदवारी दिने बताए ।

राप्रपाका सल्लाहकार समितिका केन्द्रिय अध्यक्ष तथा पुर्वमन्त्री निरन्जन थापाले यो संविधानलाई आलोचनात्मक समर्थन गरेको भन्दै संविधानमा पार्टीहरुको आआफ्नो एजेण्डा राखिएको बताए । भष्ट्राचारले किलो गाडेको दुखेसो गर्दै उनले राप्रपा नेतृत्व परिवर्तन गरेको हुदा पनि आम जनमानसमा लोकप्रियता बढेको दाबी गरे ।

काग्रेस, एमालेको एजेण्डा नरहेको भन्दै राप्रपासंगमात्र अल्पकालिन र दिर्घकालिन एजेण्डा रहेको दाबी गरे । पार्टीले हिन्दुराष्ट्र, संवैधानिक राजतन्त्र र भष्ट्राचार न्युनिकरण ३ मुख्य एजेन्डा लिएर अघि बढेको उनले बताए ।

कार्यक्रममा केस तोयनाथ लम्साल, रुपन्देही जिल्ला प्रवक्ता पुनाराम पोखरेल, नगर अध्यक्ष निरजप्रताप राणाले नया शक्तिको रुपमा राप्रपाको विकल्प नभएको बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : ४६ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको