११ बैशाख २०८१, मंगलबार | April 24, 2024

बाँकेकै उत्कृष्ट कार्य सम्पादन गर्ने संस्था बन्यो नेपालगन्जको भेरी अस्पताल



नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयलाई पुरस्कृत गर्ने नीति अन्तर्गत बाँकेमा भेरी अस्पताल पुरस्कृत भएको छ । भेरी अस्पताल, नेपालगन्ज सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रम अनुसार विकास निर्माण तथा सेवा प्रवाहका सबै मापदण्डमा उच्च अंक हासिल गरेकाले अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

कर्मचारी मिलन केन्द्र बाँकेको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. राजन पाण्डेलाई पुरस्कार प्रदान गरेका थिए । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ ।

सो अवसरमा कर्मचारी मिलन केन्द्रले प्रकाशन गरेको नयाँ क्यालेण्डरको समेत विमोचन गरिएको थियो ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : १५ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना