६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन् । उनी तीन दिने भ्रमणका लागि काठमाडाैं आउन लागेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार टेड्रोस भारत हुँदै नेपाल आउन लागेका हुन् ।

टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री विराेध खतिवडालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

कोभिड महामारीमा काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण पनि उनले गर्नेछन् ।

भ्रमण १० वैशाखसम्म हुनेछ ।

 

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ७ : १९ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा