१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नमस्ते एकेडेमीमा ओपेन हाउस



बुटवल । बालबालिकाहरुको शैक्षिक कृयाकलाप प्रत्येक्ष हेर्न नपाएका अभिभावकहरुलाई लक्षित गर्दै रुपन्देहीमा शैक्षिक विकासमा योगदान दिदै आएको नमस्ते एकेडेमीले शनिबार ओपेन हाउस कार्यक्रम संचालन गरेको छ। नया वर्षको भर्ना तालिकासंगै नमस्ते एकेडेमीले विद्यालयको शैक्षिक गतिविधि जानकारी दिने उदेश्यका साथ कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा विद्यालयले शैक्षिक क्षेत्रमा प्रदान गर्ने सम्पूर्ण कृयाकलापहरु अभिभावक तथा सञ्चारकर्मीहरुलाई देखाइएको थियो । प्रि पाइमेरी देखि १२ कक्षाका विद्यार्थिहरुलाई विद्यालयले उपलब्ध गराउने पद्दती, उपलब्ध साधनश्रोत, अतिरिक्त क्रियाकलाप लगायतका कार्यहरु आमन्त्रित सबैलाई प्रत्येक्ष देखाइएको थियो ।

कार्यक्रमको एक समारोहका बीच लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री वसुउदिन खानले उद्घाटन गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री खानले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए। उनले समयसमपेक्ष प्रविधियुक्त शिक्षालाई सरकारले जोड दिएको भन्दै यसमा नीजि क्षेत्रको योगदान भुल्न नमिल्ने बताए ।

विद्यालयमा एक दिनमा गर्ने अध्ययनसंगै अन्य विविध क्रियाकलापहरु समेत डेमोका रुपमा अभिभावकहरुलाई देखाईएको थियो। शैक्षिक कक्षाकोठाहरु, खाना खाने कक्ष, लाईब्रेरी, अतिरिक्त क्रियाकलापहरुमा कराते, स्विमिङ, पेन्टिङ, गायनकला जस्ता गतिविधिहरु देखाईएको थियो।

कार्यक्रममा आमन्त्रितहरुलाई स्वागत गर्दै एकेडेमीका संचालक डिल्ली नारायण पाण्डेले विद्यालयको जानकारी दिने उदेश्य अनुसार कार्यक्रम गरिएको बताए। अभिभावकहरुलाई आफ्ना छोराछोरीहरु कसरी विद्यालयको वातावरणमा सिकाई गर्छन भन्ने ब्यवहारिक जानकारी दिन ओपन हाउस कार्यक्रम संचालन गरिएको बताए ।

कार्यक्रममा युके द बिट्रिस ईगलिस स्कुलका सिईयो राजेन कंडेल, नेपालका लागि बिट्रिस एजुकेसन ग्रुपका अध्यक्ष अरुण कुमार कंडेल संचालक कृष्ण अर्याल, राजेन्द्र कुवर, पुष्षा कंडेल, स्कुलका प्रिन्सिपल जिग्मे शेर्पाले अभिभावकलाई नाम अनुसारकै अन्तराष्ट्रिय स्तरको शिक्षा दिन सफल भएको बताए। हाल विट्रिस स्कुलका नेपालमा ६ वटा विद्यालयहरु संचालनमा छन।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : १८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग