१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नमस्ते एकेडेमीमा दर खाने कार्यक्रमसहित ‘सुपर प्यारेन्ट्स तीज डान्स’



बुटवल । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीले दर खाने कार्यक्रमसहित शुक्रबार ‘सुपर प्यारेन्ट्स तीज डान्स-८०’ सम्पन्न गरेको छ । प्रतियोगितामा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थी र अभिभावकहरु बीच तीज गीतमा नृत्यु प्रतिस्पर्धा भएको हो ।

विभिन्न कक्षाका २७ जना विद्यार्थीले आफ्ना अभिभावकसहित नृत्यु प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न विधा अन्तरगत उत्कृष्ट बन्न सफल विद्यर्थी तथा अभिभावकलाई एक विशेष समारोहको आयोजना गरी पुरस्कार तथा सम्मान गरिने विद्यालयले जनाएको छ । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले १४ वटा सामूहिक तथा एकल नृत्यु प्रस्तुत गरेका थिए । यसैगरी निर्णायको रुपमा भूमिका उपस्थित राष्ट्रिय कलाकारहरु दिपक कार्की र चेतना थापाले आफ्नो प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका थिए ।

विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकसहित करिब ५०० जनाको उपस्थितीमा दरखाने कार्यक्रम समेत सम्पन्न भएको छ । सो अवसरमा बोल्दै विद्यालयका निर्देशक डिल्ली नारायण पाण्डेले बालबालिकाहरुलाई औपचारिक शिक्षासँगै हाम्रा कला सँस्कृति र परम्पराको जानकारी गराउनका लागि अतिरिक्त गतिविधि सञ्चालन गर्ने गरिएको उल्लेख गरेो । विद्यार्थी किताबी ज्ञानमात्र नभई जीवनमा आवश्यक सीप, नैतिक तथा सामाजिक व्यवहारका बारेमा पनि जानकारी गराउने गरी एकेडेमीले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उनले बताए ।

ब्रिटिस एजुकेशन ग्रुपका स्कूल हेड अरुण कंडेलको अध्यक्षता तथा एकेडेमीका सह प्राचार्य लिलामणी पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको एकेडेमीका संस्थापक प्राचार्य राजेन्द्र कुंवरले जानकारी दिए ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ६ : २८ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा