२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नमस्ते एकेडेमीमा दर खाने कार्यक्रमसहित ‘सुपर प्यारेन्ट्स तीज डान्स’



बुटवल । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीले दर खाने कार्यक्रमसहित शुक्रबार ‘सुपर प्यारेन्ट्स तीज डान्स-८०’ सम्पन्न गरेको छ । प्रतियोगितामा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थी र अभिभावकहरु बीच तीज गीतमा नृत्यु प्रतिस्पर्धा भएको हो ।

विभिन्न कक्षाका २७ जना विद्यार्थीले आफ्ना अभिभावकसहित नृत्यु प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न विधा अन्तरगत उत्कृष्ट बन्न सफल विद्यर्थी तथा अभिभावकलाई एक विशेष समारोहको आयोजना गरी पुरस्कार तथा सम्मान गरिने विद्यालयले जनाएको छ । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले १४ वटा सामूहिक तथा एकल नृत्यु प्रस्तुत गरेका थिए । यसैगरी निर्णायको रुपमा भूमिका उपस्थित राष्ट्रिय कलाकारहरु दिपक कार्की र चेतना थापाले आफ्नो प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका थिए ।

विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकसहित करिब ५०० जनाको उपस्थितीमा दरखाने कार्यक्रम समेत सम्पन्न भएको छ । सो अवसरमा बोल्दै विद्यालयका निर्देशक डिल्ली नारायण पाण्डेले बालबालिकाहरुलाई औपचारिक शिक्षासँगै हाम्रा कला सँस्कृति र परम्पराको जानकारी गराउनका लागि अतिरिक्त गतिविधि सञ्चालन गर्ने गरिएको उल्लेख गरेो । विद्यार्थी किताबी ज्ञानमात्र नभई जीवनमा आवश्यक सीप, नैतिक तथा सामाजिक व्यवहारका बारेमा पनि जानकारी गराउने गरी एकेडेमीले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उनले बताए ।

ब्रिटिस एजुकेशन ग्रुपका स्कूल हेड अरुण कंडेलको अध्यक्षता तथा एकेडेमीका सह प्राचार्य लिलामणी पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको एकेडेमीका संस्थापक प्राचार्य राजेन्द्र कुंवरले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : २८ बजे

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ

भारतसँग जोडिएका सिरहाका सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा