२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नमस्ते एकेडेमीका कक्षा १२ मा उत्तिर्ण विद्यार्थीलाई सम्मान



बुटवल । रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीबाट कक्षा १२ को परीक्षामा सहभार्गी भई उत्तिर्ण भएका विद्यार्थीलाई सोमबार एक कार्यक्रममा बीच सम्मान गरिएको छ । विद्यालयमा आयोजित सम्मान कार्यक्रममा विज्ञान तथा व्यवस्थापन संकायका २२ जना विद्यार्थीलाई सम्मा नगरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले बैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नमस्ते एकेडेमीका १५ जना विद्यार्थीले ३ दशमलव २१ भन्दा माथि जिपिए प्राप्त गरेका छन थिए भने ६ जना विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २० र १ जना विद्यार्थीले २ दशमलव ७८ जिपिए ल्याएको नमस्ते एकेडेमीका प्लस टु संयोजक महेश पौडेलले जानकारी दिए ।

ब्रिटिस कलेज काठमाडौं र युकेको व्यवस्थापनमा सञ्चालित नमस्ते एकेडेमीले पहिलो वर्षमै सत प्रतिशत नतिजा ल्याउन सफल भएको प्राचार्य जिग्मे शेर्पाले बताए । विद्यार्थी र शिक्षकको अथक मिहिनेत, अभिभावकको सचेतता र विद्यालयको कुशल व्यवस्थापनको कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उनले उल्लेख गरे ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै ब्रिटिस एजुकेश ग्रुपका बोर्ड निर्देशक महेन्द्र कंडेलले पहिलो वर्षमै विद्यालयलय हासिल गरेको उत्कृष्ट नतिजाले अन्य विद्यार्थी तथा अभिभावकहरुलाई समेत हौसला प्रदान गरेको उल्लेख गरे ।

यसैगरी ब्रिटिस कलेज काठमाडौंका प्रमुख अरुण कुमाल कंडेलले थप शैक्षिक सफलताको शुभकामना व्यक्त गरे । परम्परागत शैक्षणिक विधिलाई चुनौती दिँदै नयाँ सोँच, चिन्तन र शैक्षणिक गतिविधिलाई अगाडि बढाएको नमस्ते एकेडेमी मोफसलको एक मात्र विद्यार्थी केन्द्रित शिक्षण गर्ने प्रगतिशील शैेक्षिक संस्था रहेको उनले दाबी गरे ।

कक्षा सञ्चालन गरेको पहिलो वर्षमानै सत प्रतिशत र उत्कृट नतिजा ल्याउनुले आफैमा सकारात्मक कुरा भएको संस्थापक प्राचार्य राजेन्द्र कुँवरले उल्लेख गरे ।

कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापनसहितको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहेको थियो । पठन पाठनका साथ साथै विद्यार्थीलाई स्वदेशी र विदेशी शिक्षकबाट गीत, संगीत, स्विमिङ, फुटसल, कराँते, बास्केटबल लगायत इनोभेसन तथा सृजनात्मक सीपका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

यस वर्ष आफ्नो कोटा अनुसार कक्षा ११ मा विज्ञान र व्यवस्थापन समूहमा २५/२५ जना विद्यार्थी भर्ना गरिएको र आगामी वर्षमा ए लेभलको तयारी अगाडि बढाइने ब्रिटिस एजुकेशन ग्रुपका स्कुल हेड अरुण कँडेलले बताए । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन योगदान पुर्याउने शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ७ : २६ बजे

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई