२२ बैशाख २०८१, शनिबार | May 5, 2024

नमस्ते एकेडेमीमा एफएच स्कूल क्यानडा र मोमा स्पोर्ट्स कलेज सिंगापुरका प्रतिनिधि बीच भेटघाट



बुटवल । रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीमा क्यानडा र सिंगापुरको अन्तर्राष्ट्रिय स्कुलबाट प्रतिनिधित्व गरी आएका टोली बीच अनुभन आदानप्रदानसहित शैक्षिक परामर्श सम्पन्न भएको छ ।

क्यानडाको एफएच इन्टरनेश्नल हाई स्कुल टोरन्टोका प्राचार्य एल्भिन आरसी र सिंगापुरको मोमा इन्टरनेशनल स्पोर्ट्स एकेडेमीका सह प्राचार्य निको हूलाई स्वागत गर्दै भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरिएको ब्रिटिस एजुकेशन ग्रुपका स्कूल हेड अरुण कंडेलले जानकारी दिए ।

विदेशी पाहुनाहरुलाई नेपाली ढाकाको टोपी लगाएर स्वागत गरिएको थियो । एक औपचारिक कार्यक्रम बीच सम्पन्न भेटमा शैक्षिक संस्थाहरु बीच अनुभव आदानप्रदान तथा अन्तरदेशीय भातृत्व कायम राख्दै शैक्षिक विकासमा अघि बढ्नु पर्नेमा जोड दिइएको थियो ।

नमस्ते एकेडेमीले अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विभिन्न देशका कलेज तथा स्कूलहरुसँग सम्बन्ध बढाउँदै आएको कंडेलले जानकारी दिए । यसै बीच केही दिन अघि ९ जना विद्यार्थी र एक शिक्षकसहित १० जनाको टोली चीन भ्रमण गरेर फर्केको उनले बताए । उक्त भ्रमणमा प्राप्त गरेका अनुभव बारे स्वीकृती पंगेनी र आकृती कंडेलले शनिबारको भेटघाट कार्यक्रममा जानकारी गराएका थिए ।

विद्यालयका सह प्राचार्य लिलामणी पाण्डेको सञ्चालमा भएको कार्यक्रममा चाइना भ्रमण गएका विद्यार्थीका अभिभावकहरुको तर्फबाट बोल्दै सुरज पंगेनीले आफ्ना बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरका गतिविधिमा संलग्न गराउनु सकारात्मक भएको उल्लेख गरे ।

आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरका शैक्षिक भ्रमणको समयावधि समेत केही लामो बनाउनु पर्ने सुझाब दिँदै उनले यस्ता क्रियाकलपाले अनुभव आदानप्रदान र शैक्षिक विकासमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गरे ।

विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीको उपस्थितीमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पाहुनाहरुलाई नेपाली मौलिक संस्कृतिहरु समेत प्रस्तुत गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुंवरले जानकारी दिए ।

कार्यक्रममा कक्षा ४ मा अध्ययनरत छात्र सोम्या पाण्डेले शिव टाण्डव प्रस्तुत गरेकी दिइन् भने रानी श्री, श्रेयशी पन्थी, हिमानी थापा लगायतका विद्यार्थीले पूर्वेली भाकाको संगीनी गीत प्रस्तुत गरेका थिए ।

विद्यार्थीले प्रस्तुत गरेका नेपाली संस्कृति र परम्परा झल्किने नृत्य, गायन तथा उनीहरुको पोशाक बारे विदेशी पाहुनाले खुलेर प्रसङ्सा गरेको संस्थापक प्राचार्य कुंवरले बताए ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ३ : ०६ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै