१८ असार २०८३, बिहिबार | July 2, 2026

तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीको वार्षिकोत्सव सम्पन्न



बुटवल । रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीमा विद्यार्थीका विभिन्न प्रतिभाहरुसहित शुक्रबार वार्षिकोत्सव सम्पन्न भएको छ । ब्रिटिज कलेज काठमाडौंको व्यवस्थापनमा संचालित एकेडेमीले वर्षभरीका विभिन्न शैक्षिक क्रियाकलापहरुमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

कार्यक्रमको अवसरमा बोल्दै द ब्रिटिज कलेज काठमाडौंका उप प्राचार्य डा. प्रतिक एमसी क्रुडेनले अबको शिक्षा सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक र विद्यार्थीलाई आत्मनिर्भर बनाउने खालको हुनु पर्नेमा जोड दिए । सोही उद्देश्य अनुसार व्रिटिज कलेजले विश्व बजारमा पुग्न सक्ने र बिक्न सक्नेगरी विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको बताए । नमस्ते एकेडेमीका अध्यक्ष डिल्लीनारायण पाण्डेयले अबको शिक्षा व्यवहारिक र शिष्टाचारसहितको हुनु पर्नेमा जोड दिए । दैनिक जीवनमा आइपर्ने व्यवहारिक ज्ञान तथा विद्यार्थीको अन्तरनिहित क्षमतालाई बाहिर ल्याउने गरि नमस्ते एकेडेमीले शैक्षिक कार्यक्रम सञ्चालन गरेको उनले दाबी गरे ।

विश्वविख्यात क्याब्रिज विश्व विद्यालयको स्कुल पाठ्यक्रम संचालन गरिरहेको एकेडेमी मोफसलमै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर र सुविधा दिने लक्ष्यका साथ स्थापित पहिलो संस्था रहेको प्राचार्य जिग्मे शेर्पाले जानकारी दिए । एकेडेमीले विश्वको प्रतिष्ठित वेस्टन इन्टरनेश्नल स्कुल क्याम्पस चाइनासँग साझेदारी गरी चाइना, जापान, सिंगापुर, क्यानडामा विद्यार्थी आदान प्रदान तथा अनुभव आदानप्रदान गर्दै आएको स्कुल हेड अरुण कुमार कँडेलले बताए ।

यसै वर्ष नमस्ते एकेडेमीका विद्यार्थी मलेसिया तथा श्रीलंका पुगेर कराँतेमा नेपालको नाम उचो बनाउन सफल भएको सहायक प्राचार्य लिलामणि पाण्डेले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : १७ बजे

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको

सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहकोे

जुम्लामा चट्याङमा परी रावतको मृत्यु

जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका-२