२० मंसिर २०८२, शनिबार | December 6, 2025

डोल्पाबाट खुल्यो एकीकृत समाजवादीको खाता, २ पालिका अध्यक्ष र १ उपाध्यक्ष निर्विरोध



सुर्खेत । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयन कै दिन नेकपा (एकिकृत समाजवादी)ले खाता खोलेको छ ।

समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

डोल्पा जिल्लाका काइके गाउँपालिका अध्यक्ष अङ्गत राना, छार्का ताम्सोङ गाउपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएको एकीकृत समाजवादीका उप महासचिव प्रकाश ज्वालाले बताए ।

त्यस्तै, डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । एकीकृत समाजवादीको तङमा आङछु उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको बर्तमान अध्यक्ष तम्बा गुरुङले जानकारी दिए ।

त्यस्तै, एकिकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका ३ जना वडा अध्यक्षहरु पनि निर्विरोध भएका उनले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ०६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति