१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

सरकारले आयातमा रोक लगाएका १० वस्तु, नेपालमा कति भित्रन्छ ?



काठमाडौं । राज्यको ढुकुटीमा रहेको संचित रकम घट्दै गएपछि सरकारले बुधबारबाट लागु हुनेगरी १० वटा वस्तुको आयातमा रोक लगाएको छ ।

सरकारले रोक लगाएका वस्तुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन छुट), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), जिप, कार र भ्यानहरु, २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरु र तास रहेका छन् ।

सरकारले रोक लगाएका वस्तुहरु चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा ५२ अर्ब ४४ करोड ९० लाख ७२ हजार रुपैयाँको भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

पछिल्लो नौ महिनामा ५८ करोड ७६ लाख १५ हजार रुपैयाँको १२ लाख ९३ हजार ५६ केजी कुरकुरे, कुरमुरे, लेज र चिजबल्स नेपाल भित्रिएको थियो ।

२०७८ साउनदेखि चैत मसान्त सम्मको अवधिमा सबै प्रकारका तयारी मदिरा २ अर्ब ७० करोड २९ लाख ५० हजार रुपैयाँको नेपालले आयात गरेको छ । उक्त मूल्यमा ५१ लाख ७३ हजार ५४१ लिटर मदिरा नेपाल भित्रिएको विभागले जनाएको छ ।

यस्तै, बितेको नौ महिनामा ५५ करोड ४६ लाख ६२ हजार रुपैयाँको चुरोट तथा सुर्तीजन्य बस्तु नेपालले आयात गरेको थियो । सोही अवधिमा नेपालले २ अर्ब ४७ करोड २६ लाख ५७ हजार रुपैयाँको हिरा आयात गरेको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँको मोबाइल सेट नेपाल भित्रिएको देखिन्छ । उक्त अवधिमा नै ३ अर्ब ५० करोड २९ लाख ३८ हजार रुपैयाँको ८ लाख ४३ हजार ९३५ थान टेलिभिनज सेट नेपालले आयात गरेको थियो ।

नेपालले सोही समयमा विभिन्न देशबाट ५ अर्ब ५७ करोड २ लाख ८१ हजार रुपैयाँको जीप, कार र भ्यानहरु आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

बितेका नौ महिनामा १ अर्ब १६ करोड ४९ लाख २३ हजार रुपैयाँको २५० सीसी भन्दा माथि क्षमता भएका मोटरसाइकल नेपाल भित्रिएका छन् । सोही अवधिमा ७१ करोड ७७ लाख ४७ हजार रुपैयाँको विभिन्न प्रकारका खेलौनाहरु नेपालले आयात गरेको थियो । विभागका अनुसार पछिल्लो नौ महिना विभिन्न देशबाट नेपालमा १९ करोड ५५ लाख १० हजार रुपैयाँको खेल्ने तास भित्रिएको थियो ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : ४८ बजे

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ