१६ बैशाख २०८१, आइतबार | April 28, 2024

नबिल बैंकले पायो ‘नेश्नल अवार्ड एचआर एक्सेलेन्स’ अवार्ड



काठमाडौ ।  नबिल बैंकले ‘नेश्नल अवार्ड एचआर एक्सेलेन्स’ अवार्ड प्राप्त गरेको छ ।

मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो ।

बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरि व्यापक सदुपयोग गरि काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।

उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइराला लगायत सम्पूर्ण मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए ।

कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोहि छनौट समितीले नबिल बैंकलाई ‘नेश्नल अवार्ड एचआर एक्सेलेन्स’ अवार्ड दिने निर्णय गरेको हो ।

बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।

बैंकको वर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरु बैंकप्रति सन्तुष्ट रहेका छन् । कोरोना कहरका बीच पनि नबिल बैंकले स्वास्थ्य मापदण्डको दायारा भित्र कर्मचारी ब्यवस्थापन गरिएको थियो ।

 

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ०५ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म