२९ भदौ २०८३, सोमबार | September 14, 2026

नेपालगञ्जमा मेयर पदका गठबन्धन उम्मेदवार विष्ट विहानैदेखि प्रचार प्रसारमा व्यस्त



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका कांंग्रेस उम्मेदवार प्रशान्त विष्ट शनिबार (आज) विहानै देखि मतदाता भेटघाटमा व्यस्त भएका छन् ।

उनि शनिबार विहान नेपालगन्ज स्थित नीलसागर असहाय तथा सेवा केन्द्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, वडा नम्बर २१ लगायत विभिन्न वडाका टोलमा पुगेका थिए ।

नीलसागरमा नगर प्रमुखका उम्मेदवार विष्टलाई र त्यहाँ रहेका ेबृद्धबृद्धा तथा बालबालिकाले स्वागत गरेका थिए । भेटघाटका क्रममा उनले आफू नगर प्रमुखको जिम्मेवारीमा पुगिसकेपछि असहाय, बृद्धबृद्धा तथा बालबालिकाको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

विष्टले नेपाली काँग्रेसले नेतृत्व गरेका स्थानीय सरकारले विगतमा असहाय, बृद्धबृद्धा तथा बालबालिकाको लागि उच्च प्राथमिकता राखेको स्मरण गराए ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र २१ मा मतदाताहरुलाई भेट्दै उनले आफू नगरप्रमुखमा निर्वाचित भएपछि जनताका पीरमर्कालाई बुझेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि विष्ट मातातिर्थ औंशीको अवसरमा विहानै आमासंग आर्शिबाद लिएर घरदैलोमा निस्केका थिए । उनले घरदैलोका क्रममा भेट भएका आमाहरुसंग आर्शिवाद लिइरहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : १५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ