७ पुस २०८२, सोमबार | December 22, 2025

नेपालका अस्पतालहरुलाई सीटी स्क्यान, एक्सरे मेसिनको आवश्यक छैन, कमिशनका लागि सरकारले मगाउँदैछ : केपी ओली



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्तेको संज्ञा दिएका छन् । स्वास्थ्यमन्त्रीको गृहजिल्ला हेटौंडामा आयोजित कार्यक्रममा ओलीले अहिलेका स्वास्थ्यमन्त्री खतिवडा अगस्ते जस्तो अनुहार भएको आरोप लगाएका हुन् ।

‘केन्द्रमा स्वास्थ्यमन्त्री को छ मैले भनिराख्नुपर्ला जस्तो लाग्दैन् । अगस्ते जस्तो अनुहार भएका छन्,’ उनले भने, ‘अगस्ते भन्ने एउटा ऋषि थिए । जति खाए नपुग्ने, जति पानी खाए नपुग्ने, जति पानी पिए पनि प्यास नमेट्ने । त्यस्तै १४ लाख डोज ह्वाम पार्दा पनि नपुग्ने, अरबौ खाँदा पनि पेट नभरिने ।’

वर्तमान सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप खाएको ओलीको ओलीको आरोप छ । ‘२४ लाख डोज भ्याक्सिजन क्याप्सुल निलेझै स्वाट्ट निले । २४ लाख डोज ट्रकमा अटाउँदैन्, त्यति सर्लकै निले । अहिले अरबौंका औषधि औजारहरू, सिटी स्क्यानका मेसिनहरू, एक्सरे मेसिनहरू कुनै अस्पताललाई चाहिएर होइन, डाक्टरले चलाउने गरी कुनै जिल्लालाई माग भएर होइन, पैसा चाहिएर, कमिसन चाहिएर चुनावको मुखमा खरिद हुँदैछ,’ ओलीले भने ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ५२ बजे

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका

सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पार्ने काम कसैले नगरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट