११ बैशाख २०८१, मंगलबार | April 24, 2024

गठबन्धन उम्मेदवारसँग ज्योतिनगरबासीको गुनासो : उपमहानगरले हामीलाई हेरेन



बुटवल । बुटवलको ज्योतिनगर क्षेत्रका पहिरोपीडित जनताले बुटवल उपमहानगरपालिकाले आफुहरुको समस्या समाधानमा चासो नदेखाएको बताएका छन ।

पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेसँगको भेटघाटमा ज्योतिनगरका बासिन्दाले उपमहानगरपालिकाका जनप्रतिनिधिले कुनै वास्ता नगरेको बताएका हुन् ।

स्थानीय कृष्णकुमारी श्रेष्ठले ज्योतिनगर पहिरोको स्थायी समाधानको खोजी गर्नका लागि अगुवाई गर्न गठबन्धन उम्मेदवार पाण्डेलाई आग्रह गरिन् । उनले एमालेका नेताहरुले पटकपटक समस्या समाधान गरिदिने आश्वासन दिलाएपनि कुनै काम नगरेको बताइन् ।

स्थानीय विनोद खनालले बुटवलमा एमालेले सपनामात्रै बाँडेको र प्रचारमुखी काममात्र गरेको आरोप लगाए ।

स्थानीय मञ्जु भण्डारीले पहिरोका कारण भोगेको समस्या समाधानमा बुटवल उपमहानगरले कुनै चासो नदेखाएको र एमालेले पनि आश्वासन मात्रै बाँडेको आरोप लगाइन् ।

उनीहरुका समस्या सुनिसकेपछि उम्मेदवार खेलराज पाण्डेले गृहमन्त्री बालकृष्ण खाँणसहितको टोलीले अवलोकन गरेपश्चात् विज्ञहरुको टोलीले उपयुक्त समाधानको खोजी गरिरहेको जानकारी दिएका थिए । पाण्डेले बुटवल उपमहानगरपालिकामा कांग्रेसले चुनाब जितिसकेपछि स्थायी समाधान खोजेर समस्या समाधान गर्ने आश्वासन दिए । उनले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रलाई जोखिममुक्त गर्ने प्रतिबद्धता जनाए ।

गठबन्धनबाट उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुडले यसपटक गठबन्धनलाई जिताउन आह्वान गरे । मुलुक र संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई जिताउन उनले आमजनतालाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ५ : २७ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना