७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

भ्रष्टाचार नगर्ने राप्रपा उम्मेदवार फुयालको कसम



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कागेश्‍वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन् । फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन् ।

राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए कुनै पनि तलबभत्ता नलिने र उक्त तलबभत्ता विपन्‍न वर्गको शिक्षा र स्वास्थ्यको लागि खर्च गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फुयालले कांग्रेस, कम्युनिस्ट लगायतका राजनीतिक दल लगायका निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीका नारा नारामै सीमित भएको तर आफूले प्रतिबद्धतापत्र बमोजिम नै जनताको सेवा गर्ने बताए ।

कागेश्‍वरी मनोहरा नगरपालिकामा कांग्रेसबाट उपेन्द्र कार्की, नेकपा समाजवादीबाट कृष्णहरि थापा, एमालेबाट रामशरण ढुंगाना, राप्रपाबाट राजु फुयाल, राष्ट्रिय जनमोर्चाबाट सुदिप सापकोटा, मौलिक जरोकिलो पार्टीबाट प्रभा सुवेदी र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम शर्मा चापागाईं, टपबहादुर थापा, बरुणकुमार लामा, मनिल फुयालको मेयरमा उम्मेदवारी दिएका छन् ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १० : ५१ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल