६ बैशाख २०८१, बिहिबार | April 18, 2024

तिलोत्तमा एमाले उम्मेदवार चापागाईंको घोषणा- टोलटोलमा मझौला उद्योग, टोलकै लगानी, टोलकै स्वामित्व



तिलोत्तमा । नेकपा एमाले तिलोत्तमाले सामुहिक आम्दानीका लागि एक टोल एक उद्योगको अवधारणा अघि सारेको छ । सामुहिक लगानीमा स्थापना हुने मझौला उद्योगमार्फत सिंगो टोलले आम्दानी लिने,आम्दानी बढ्दै गएपछि उद्योग थप्दै जाने,उत्पादन बढाउंदै लैजाने र त्यस्ता उद्योगमा टोलभित्रकै न्यून आय भएका परिवारका सदस्यहरुलाई प्राथमिकताका आधारमा रोजगारी दिने एमालेको प्रस्ताव छ ।

नेकपा एमालेका तर्फबाट तिलोत्तमा नगरपालिकाका प्रमुख पदका उम्मेदवार मोहन चापागाईंले चुनाव जितेपछि नमुना अभ्यासका लागि पालिकाभित्रका कम्तिमा दुइवटा टोल छनोट गरेर यस्ता उद्योगहरु स्थापना गर्ने र सफल भएपछि सवै टोलमा विस्तार गरिने बताए ।

“हाम्रो पार्टीको मूल नारा नै जवजको मार्गदर्शनमा समाजबादको आधार तयार गरौं भन्ने छ, समाजबादको आधार तय गर्न सामुहिक लगानी र उत्पादनमार्फत सामुहिक आम्दानी जरुरी छ,त्यसका लागि हामीले टोलटोलमा मझौला उद्योगहरुको अवधारणा अघि सारेका छौं ” -प्रमुख पदका उम्मेदवार चापागाईले भने ।

चापागाईले अघि सारेको यो अबधारणा अहिले सिंगो रुपन्देहीको चर्चाको विषय बनेको छ । तिलोत्तमाका मतदाताहरुले चापागाईले अघि सारेको यो अभियानलाई साथ दिने बताएका छन् । तिलोत्तमा-१३ का रुद्र प्रसाद आचार्यले प्रत्येक टोलमा उद्योग स्थापना गरेर सामुदायिक विकासमा लगानी गर्ने, न्यून आय भएका परिवारलाई रोजगारी दिने र सम्मृद्ध समाज निर्माण गर्ने चापागाईंकोप्रस्तावले सिंगोे तिलोत्तमा उत्साहित भएको बताए । तिलोत्तमा पूर्वाधार लगायतका अरु विकासे आयोजनाले सम्मृद्ध हुंदै छ,अब उत्पादन र रोजगारीका क्षेत्रमा काम हुन थालेको सुनेर खुसी लागेको उनको भनाई छ ।

शंकरनगरकाकृष्ण पन्थीले मुलुकमै पहिलो पटक तिलोत्तमाका उम्मेदवार चापागाईंले कार्यान्वयन गर्न सकिने खालको समाजवादी योजना अघि सारेको र यसलाई कार्यान्वयन गर्न यहांका सवै जनताले साथ दिने बताए ।

चापागाईले अघि सारेको अवधारणा अनुसार त्यसरी स्थापना हुने उद्योगहरु प्रदूषणमुक्त मझौला र घरेलु उद्योगहरु हुनेछन् । समुदाय र पालिकाको लगानीमा स्थापना हुने त्यस्ता उद्योगहरुमा टोलभित्रका स्थायी वासिन्दाको सामुहिक स्वामित्व हुनेछ । प्राथमिकताका आधारमा विपन्न परिवारका सदस्यहरुलाई रोजगारी दिइनेछ । उद्योगले उत्पादन गर्ने वस्तुहरुको गुणस्तर कायम गर्ने र बजार ग्यारेन्टी गर्ने काममा पालिकाले सहयोग गर्नेछ । उद्योगबाट भएको आम्दानी टोलभित्रका पूर्वाधारहरुको निर्माण र नागरिकको शिक्षा,स्वास्थ्य र रोजगारीका लागि लगानी हुनेछ । यससंगै त्यस्ता टोलहरुमा नैतिक शिक्षा,पञ्चशील शिक्षा र समाजवादी अवधारणाका तालिमहरु चलाइनेछ । “मानिस सामाजिक प्रााणी हो,हामी समाजका लागि योगदान गछौं,समाजले हाम्रो ग्यारेन्टी लिन्छ भन्ने कुरा सवैलाई बुझाउन सकियो भने हामी छिट्टै सम्मृद्धिको बाटोमा जान्छौं”-प्रमुख पदका उम्मेदवार चापागाईले भने ।

उनले यस्ता उद्योगमार्फत प्याकेजिङ्,फिलिङ्,ग्रेडिङ् तथा खाद्यान्नहरुको उत्पादन गर्न सकिने बताए । विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका चापागाई लामो समय पत्रकारिता हुंदै एमाले राजनीतिमा सक्रिय भएका हुन् । मुलुकका थुप्रै राष्ट्रिय स्तरका संघसंस्थाहरुको सफल नेतृत्व गरेका चापागाईलाई बौद्धिक र कुटनीतिक योजनाकार मानिन्छ ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : २८ बजे

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम

सुदूरपश्चिममा दीर्घ सोडारीलाई समर्थन गर्न एमाले तयार

धनगढी । सुदूरपश्चिममा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा

समृद्धी सलोन एण्ड एकेडेमीको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर

बुटवल । बुटवलमा विगत ८ वर्षदेखि हेयर डिजाइन तथा सौन्दर्य

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा