२३ भदौ २०८३, मंगलबार | September 8, 2026

गठबन्धनको पक्षमा माहोल बनेको छ : माधव नेपाल



चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् ।

सत्तापक्षीय गठबन्धनले आज भरतपुरमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दावी गरे ।

नेपालले भन्नुभयो, “राम्रोसँग व्यवस्थापन गरेका छौँ ।” ‘सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै उनले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह गरे । चुनावको माहोल अनुकूल बनाउने भन्दै उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताए ।

भरतपुर महानगरपालिकामा बागी उम्मेदवारीलाई फिर्ता गराउने कोसिस भइरहेको अध्यक्ष नेपालले बताए । राजनीतिक मान्छेले राजनीतिकरूपमा सोच्छ भन्दै उनले आफूलाई केन्द्रविन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्न सक्ने बताए ।

“हामीले नेपालको राजनीतिक परिवर्तनमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ” अध्यक्ष नेपालले भने, “गठबन्धनका दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नु पर्छ ।”

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १२ : ०८ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका