२३ भदौ २०८३, मंगलबार | September 8, 2026

एमाले अहिले कुहिसकेको फर्सीजस्तो भयो : माधव नेपाल



चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अहिले कुहिसकेको फर्सीजस्तो भएको बताएका छन् ।

चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले आफुले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताए ।

‘एमाले मैले नै जन्माएको हो । त्यो बेला फर्सीजस्तो थियो । अहिले त कुहिएर गन्हाइसक्यो । त्यो खायो भने रोग मात्रै लाग्छ । बाहिर हेर्दा राम्रै फर्सी देखिएपनि भित्र भने कुँहिएर किरा परिसकेको छ,’ नेपालले भने ।

एमालेमा केपी ओलीका आगमन भएसँगै बिग्रिएको बताए । एमालेमा केपी ओली प्रवृतिले गर्दा एमालेलाई सिध्याएर कुहिएको फर्सी बनाइसकेको उनको भनाइ छ ।

विगतमा राजतन्त्र फाल्न तीन दल एकमत भएको स्मरण गराउँदै अहिले केपी ओली प्रवृतिलाई फाल्न गठबन्धन बनेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले रेणु दाहालको खुलेरै प्रशंसा गरे । नेपालले दाहालको भाषण सुनेर आफू दंगदास भएको बताए ।

‘पहिलो कुरा म रेणु दाहालको भाषण सुनेर दंगदास भएको छु । उनले चितवनमा गरेको प्रगतिको प्रतिवेदन सुनेर निकै खुसी भएँ,’ नेपालले भने । रेणु दाहालले चितवनमा विकास गरेको देखेर आफू निकै खुसी भएको बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ४ : ०९ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका