१९ बैशाख २०८३, शनिबार | May 2, 2026

ऐतिहासिक बटौलीलाई पर्यटकीय गन्तव्य बनाउने गठबन्धनको योजना



बुटवल । बुटवलको ऐतिहासिक ‘बटौली बजार’लाई पर्यटकीय गन्तव्य बनाउने नेपाली काँग्रेससहितको सत्ता गठबन्धनले योजना अगाडि सारेको छ ।

स्थानीय तह निर्वाचन प्रचार अभियानमा व्यस्त गठबन्धनका दलहरुले बटौली नामले पहिचान बनेको पुरानो बुटवलको ऐतिहासिक महत्वलाई आत्मसात गर्दै त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्ने योजना अघि सारेका हुन् ।

अंग्रेजलाई हराएको जीतगढी किल्लाको संरक्षण, त्यसको एतिहासिक महत्व झल्किने बृत्तचित्र निर्माण गर्ने र विश्वबजारमा प्रचारप्रसार गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गर्ने आफूहरुको योजना रहेको गठबन्धनको तर्फबाट बुटवलका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले बताएका छन् ।

पाण्डेयसहित गठबन्धनका उम्मेदवारहरुले शुक्रबार बुटवल वडा नं. १ मा घरदैलो गरेका छन् । ऐतिहासिक ‘बटौली’ बुटवल उपमहानगरपालिकाकाले वडा नं. १ मा पर्छ ।

घरदैलोमा मेयर उम्मेदवार पाण्डेयले पुरानो बुटवल (बटौली)को ऐतिहासिकतालाई जगेर्ना गरी सम्पदा क्षेत्रको रुपमा बिकसित गरिने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै उनले त्यस क्षेत्रको आयआर्जनलाई वढोत्तरी गर्नेगरी पर्यटन उद्योग÷व्यवसाय सञ्चालनको लागि वातावरण बनाईने बताए । उनले त्यहाँ रहेका साना तथा कुटिर उद्योगको विकासको लागि योजना बनाएर अगाडि बढाउने पनि प्रतिवद्धता व्यक्त गरे । त्यस्तै उहाँले मणिमुकन्द सेन पार्कलाई व्यवस्थित र विस्तार गर्ने बताए ।

घरदैलोको अवसरमा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अब्दुल रज्जाकले गठबन्धनका दललाई मत दिएर जिताउन त्यस क्षेत्रका मतदातासंग आग्रह गरे । उनले अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताएको प्रतिफल नमिठो भएको बताउँदै विकासको उदाहरण हेर्नको लागि पनि अहिले काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे ।

घरदैलोमा उपमेयर पदका उम्मेदवार चिनबहादुर गुरुङले संविधान र व्यवस्था रक्षाको लागि गठबन्धन गरिएको बताउँदै नेपाली जनताको रगत पसिनाबाट प्राप्त उपलब्धि रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले एमालेले जित्दा गएको पाँच वर्षमा के भयो भनेर फर्केर हेर्न पनि आग्रह गरे । उनले आफूहरु निर्वाचित भएपछि गरेका बाचा अक्षरश पालना गरिने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : ३८ बजे

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको