७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

ऐतिहासिक बटौलीलाई पर्यटकीय गन्तव्य बनाउने गठबन्धनको योजना



बुटवल । बुटवलको ऐतिहासिक ‘बटौली बजार’लाई पर्यटकीय गन्तव्य बनाउने नेपाली काँग्रेससहितको सत्ता गठबन्धनले योजना अगाडि सारेको छ ।

स्थानीय तह निर्वाचन प्रचार अभियानमा व्यस्त गठबन्धनका दलहरुले बटौली नामले पहिचान बनेको पुरानो बुटवलको ऐतिहासिक महत्वलाई आत्मसात गर्दै त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्ने योजना अघि सारेका हुन् ।

अंग्रेजलाई हराएको जीतगढी किल्लाको संरक्षण, त्यसको एतिहासिक महत्व झल्किने बृत्तचित्र निर्माण गर्ने र विश्वबजारमा प्रचारप्रसार गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गर्ने आफूहरुको योजना रहेको गठबन्धनको तर्फबाट बुटवलका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले बताएका छन् ।

पाण्डेयसहित गठबन्धनका उम्मेदवारहरुले शुक्रबार बुटवल वडा नं. १ मा घरदैलो गरेका छन् । ऐतिहासिक ‘बटौली’ बुटवल उपमहानगरपालिकाकाले वडा नं. १ मा पर्छ ।

घरदैलोमा मेयर उम्मेदवार पाण्डेयले पुरानो बुटवल (बटौली)को ऐतिहासिकतालाई जगेर्ना गरी सम्पदा क्षेत्रको रुपमा बिकसित गरिने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै उनले त्यस क्षेत्रको आयआर्जनलाई वढोत्तरी गर्नेगरी पर्यटन उद्योग÷व्यवसाय सञ्चालनको लागि वातावरण बनाईने बताए । उनले त्यहाँ रहेका साना तथा कुटिर उद्योगको विकासको लागि योजना बनाएर अगाडि बढाउने पनि प्रतिवद्धता व्यक्त गरे । त्यस्तै उहाँले मणिमुकन्द सेन पार्कलाई व्यवस्थित र विस्तार गर्ने बताए ।

घरदैलोको अवसरमा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अब्दुल रज्जाकले गठबन्धनका दललाई मत दिएर जिताउन त्यस क्षेत्रका मतदातासंग आग्रह गरे । उनले अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताएको प्रतिफल नमिठो भएको बताउँदै विकासको उदाहरण हेर्नको लागि पनि अहिले काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे ।

घरदैलोमा उपमेयर पदका उम्मेदवार चिनबहादुर गुरुङले संविधान र व्यवस्था रक्षाको लागि गठबन्धन गरिएको बताउँदै नेपाली जनताको रगत पसिनाबाट प्राप्त उपलब्धि रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले एमालेले जित्दा गएको पाँच वर्षमा के भयो भनेर फर्केर हेर्न पनि आग्रह गरे । उनले आफूहरु निर्वाचित भएपछि गरेका बाचा अक्षरश पालना गरिने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : ३८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल